फाइजर र जर्मन कम्पनी बायोएनटेकले निर्माण गरेको कोरोना भाइरसविरूद्धको भ्याक्सिन आपतकालीन अवस्थामा लगाउनका लागि अनुमति माग्ने तयारी गरेको छ। योसँगै आपतकालीन अवस्थामा प्रयोग गर्नका लागि अमेरिकी आधिकारिक संस्थासँग अनुमति माग्ने यो नै पहिलो कम्पनी बनेको वासिंटन पोस्टले जनाएको छ। हेल्थ एन्ड ह्युमन सर्भिसेस सेक्रेटरी एलेक्स अजरले पत्रकारहरूसँग बोल्दै यो उपलब्धीलाई‚ ‘सुरूङको अन्त्यमा भएको उज्यालो’ को संज्ञा दिएका छन्। उनले अबका केही हप्ताभित्रै भ्याक्सिन प्रयोगमा आइसक्ने जानकारी दिए।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
फाइजर र बायोएनटेकले निर्माण गरेको कोरोनाविरूद्धको भ्याक्सिन ९० प्रतिशत सुरक्षित भएको एक प्रारम्भिक अध्ययनले देखाएको थियो। यस्तो अध्ययन सार्वजनिक गर्दै खोपका निर्माता फाइजर र बायोएनटेकले यस दिनलाई ‘विज्ञान र मानव समुदायका लागि महत्त्वपूर्ण दिन’ को संज्ञा दिएका थिए। अहिलेसम्म उक्त खोप ६ वटा देशका ४३ हजार ५०० जनामा परीक्षण गरिएको कम्पनीले जनाएको छ। परीक्षण गरिएका व्यक्तिहरूमध्ये ९० प्रतिशतभन्दा बढीमा कोरोना संक्रमण नभएको र कसैमा पनि भ्याक्सिनको नकारात्मक असर नपरेको कम्पनीको दाबी छ। यसका साथै यो भ्याक्सिनको अन्तिम परीक्षणमा ६५ वर्षभन्दा माथि उमेर भएका मानिसमा ९४ प्रतिशत सफल भएको विवरण सार्वजनिक गरिएको हो। समग्रमा ९५ प्रतिशत प्रभावकारी र सुरक्षित रहेको अन्तिम निष्कर्ष निकालेको थियो। गत बुधबार कम्पनीले तेश्रो चरणको परीक्षणको अन्तिम तथ्यांक विश्लेषण सार्वजनिक गरेर यसको जानकारी दिएको थियो। भ्याक्सिन पूर्णतः प्रयोगात्मक तरिकाबाट निर्माण गरिएको छ, जसमा भाइरसको आणुवंशिक कोडको हिस्सा समावेश गरिएको छ, जसले मानिसको प्रतिरक्षा प्रणालीलाई दह्रो बनाउन मद्दत गर्छ।



JUNGLE






from the
city



यसभन्दा अघि गरिएका परीक्षणहरूले भ्याक्सिनले शरीरमा एन्टिबडी र टी(सेलको उत्पादन गर्न मद्दत गर्ने उल्लेख गरेका थिए। यो भ्याक्सिन तीन हप्ताको फरकमा जम्मा दुई डोज दिनुपर्ने हुन्छ। अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएको परीक्षणमा दोस्रो डोज दिएको ७ दिनपछि फेरि टेस्ट गर्दा यो भ्याक्सिनले मानिसमा कोभिड(१९ विरूद्ध ९० प्रतिशत सुरक्षा दिएको कम्पनीको दाबी छ। साथै फाइजरका अनुसार यो वर्षको अन्तिमसम्ममा विश्वभर ५ करोड र सन् २०२१ को अन्तिमसम्ममा १।३ बिलियन डोज निर्यात गर्न सक्ने विश्वास कम्पनीले लिएको छ।