कोरोनाभाइरस महामारी र ब्रेक्जिटका कारण देखिएको अनिश्चित परिदृश्यका कारण दोहोरो मन्दीको चेतावनीपछि बेलायती अर्थतन्त्रमा बैंक अफ इंग्ल्यान्डले अर्को १५० अर्ब पाउन्ड ९१९५ अर्ब डलर० प्रवाह गर्ने भएको छ । बेलायतको केन्द्रीय बैंकले बिहीबार व्याज दर अपरिवर्तनीय अर्थात् ०।१ प्रतिशतको कीर्तिमानी न्यून विन्दुमा राख्ने छ । तर, उसले बेलायती सरकारको ऋणपत्रको खरिदलाई बढाएर ८७५ अर्ब पाउन्ड ९१।१ ट्रिलियन डलर० पु¥याउने भएको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
कोभिड–१९ को केस तीव्र वृद्धिबाट रोक्नका लागि ल्याइएको प्रतिबन्धले उपभोक्ता खर्चमा अगस्टमा बैंकले गरेको अनुमानको तुलनामा बढी भार परेको छ । यसले यो वर्षको चौथो त्रैमासमा जीडीपीमा गिरावट आउने अवस्थातर्फ लगेको छ । रेष्टुँरा, बार र गैर अत्यावसकिय व्यवसाय डिसेम्बर २ सम्म बन्द भएसँगै बेलायत बिहीबार पुनः राष्ट्रिय लकडाउनमा प्रवेश गरेको छ । बेलायतमा बुधबार हालसम्मकै सर्वाधिक बढी कोभिड–१९ को दैनिक केस देखा परेको थियो । घरधुरी र व्यवसायमा परेको असर मथ्थर पार्ने प्रयास स्वरुप बेलायती अर्थ मन्त्री रिसि सुनाकले २०२१ को मार्चसम्म बिदा कार्यक्रम विस्तार गर्ने घोषणा गरेका छन् । सरकारले बन्द हुन बाध्य भएका कामदारको ८० प्रतिशत ज्याला भुक्तानी गर्ने भएको छ । यो प्रति महिना २,५०० पाउन्डको हुने छ ।



JUNGLE






from the
city



“लकडाउन र युरोपेली संघसँग ब्रेक्जिटपछिको व्यापार सम्झौताको वार्ता समाधान नभएकाले बेलायती अर्थतन्त्रमा अस्वाभाविक अवस्था देखिएको छ,” बैंक अफ इंग्ल्यान्डले जनाएको छ । ईयू सम्झौताबिना बेलायतमा रहेका कम्पनीहरुले भारी भन्सार शुल्क, कोटा र अन्य अवरोधको सामना गनुर््पर्ने देखिन्छ । “यो महामारीको विस्तार र जन स्वास्थ्यको रक्षाका लागि लिइएको नीतिका साथै संक्रमणको अवस्था, युरोपेली संघ र बेलायतबीचको नयाँ व्यापार व्यवस्थामा निर्भर हुने छ । यो घरधुरी, व्यवसाय र वित्तीय बजारको प्रतिक्रियामा निर्भर हुनेछ ।” केन्द्रीय बैंकले चौथो त्रैमासमा अर्थतन्त्र २ प्रतिशत र २०२० मा ११ प्रतिशतले खुम्चने अपेक्षा गरेको छ ।