कोरोना भाइरेको दक्षिण अफ्रिकी स्वरुप बेलायतमा फेला परेको नयाँ स्वरुप भन्दा खतरनाक

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

अहिले भरखरै फेला परेको कोरोना भाइरेको दक्षिण अफ्रिकी स्वरुप बेलायतमा फेला परेको नयाँ स्वरुप भन्दा एकदम फरक छ । अफ्रीकी स्वरुपका बारेमा अहिले अध्ययन भइरहेको छ । अहिलेसम्मको अध्ययनमा अफ्रीकी स्वरुप धेरै संक्रामक भएको अनुमान गरिएको छ । यसमा ३ नयाँ तत्व पाइएको छ, जसका कारण यसलाई धेरै खतरनाक मानिएको छ । यद्यपि अहिले कुनै पनि नतिजामा पुग्नु हतारिएको हुन सक्ने वैज्ञानिकहरुको मान्यता रहेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कोरोना भाइरस समेत सबै भाइरस सधैं एउटा नयाँ स्वरुपको रुपमा उत्पन्न हुन्छन् । वैज्ञानिकका अनुसार यो भाइरसको नेचर नै हो । भाइरसको संरचनामा धेर थोर अनुवांशिक परिवर्तन हुन्छ, जसपछि भाइरसको धेरै संख्या उत्पन्न हुन्छ । तीमध्ये अधिकांश खतरनाक हुन्छन् भने कुनै हल्का स्वरुपका हुन्छन् । कोरोनाको अहिलेसम्म धेरै स्वरुप आइसकेको छ, जसमा सबै भन्दा खतरनाक अफ्रीकी स्वरुप हो । यसलाई 501.V2 अथवा B.1.351 पनि भनिन्छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

कोरोनाको अफ्रीकी स्वरुप कतिको खतरनाक छ भन्ने कुरा अहिलेसम्म पुष्टि भएको छैन । तर पुरानो स्वरुपको तुलनामा यो अत्यधिक तिव्रताका साथ फैलन सक्छ भन्ने कुरा थाहा भएको छ । वैज्ञानिकले विभिन्न किसिमका खोपलाई अफ्रीकी स्वरुपमा परीक्षण गरिरहेका छन् । जसका लागि वैज्ञानिकले भाइरस पीडितको रगतको नमुनाको सहारा लिएका छन् । जसका माध्यमबाट अफ्रीकी स्वरुपमा पाइने N501Y र E484k मा अध्ययन गरियो, तर वैज्ञानिकहरु अहिले कुनै नतिजामा पुग्न सकेका छैनन् ।

कोरोनाको अफ्रीकी स्वरुपमाथि इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च आईसिएमआरले पनि चासो दिएको छ । आईसिएमआरका निर्देशक बलराम भार्गवका अनुसार भारतमा कोरोनाको नयाँ स्वरुपका कुल १ सय ८७ जना बिरामी सार्वजनिक भैसकेका छन् । ती सबैलाई क्वारेन्टिन गरेर उपचार जारी छ । उनीहरुमा देखिने लक्षणमा पनि ध्यान दिइएको छ । आइसिएमआरले एनआईभिसंग मिलेर कोरोनाको दक्षिण अफ्रिकी स्वरुपलाई आइसोलेट तथा कल्चर गर्ने प्रयास गरिरहेका छन् ।

विशेषज्ञहरुका अनुसार यो कोरोनाकै नयाँ स्वरुप हो, त्यसैले कोरोनाको रोकथाममा हामीले जे गरिरहेका छौं, त्यसलाई जारी राख्नु पर्छ । यसको रोकथामका लागि अहिलेसम्म विश्वका कुनै पनि हेल्थ एजेन्सीले कुनै भिन्न प्रकारको निर्देशिका जारी गरेका छैनन् ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु