कोरोना महामारीका कारण २२ वर्षमा पहिलोपटक इन्डोनेशियाको अर्थतन्त्र गयो मन्दीमा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

इन्डोनेशियाको अर्थतन्त्र २२ वर्षमा पहिलोपटक मन्दीमा गएको छ । कोरोना भाइरसको महामारीको प्रभावका कारण अर्थतन्त्र मन्दीमा गएको हो । गतवर्षको तेस्रो त्रैमासको तुलनामा यस वर्षको सोही अवधिमा त्यहाँको अर्थतन्त्र ३ दशमलव ४९ प्रतिशतले खुम्चिएको छ । समीक्षा अवधिमा अर्थतन्त्र ३ प्रतिशत खुम्चने प्रक्षेपण अर्थशास्त्रीहरूले गरेका थिए । दोस्रो त्रैमासमा पनि अर्थतन्त्रमा ५ दशमलव ३२ प्रतिशतको संकुचन आएको थियो । कुनै पनि अर्थतन्त्रमा लगातार दुई त्रैमाससम्म संकुचन आयो भने त्यसलाई मन्दी भनिन्छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यसअघि इन्डोनेशियाली अर्थतन्त्र सन् १९९८ को एशियाली वित्तीय संकटको बेला मन्दीमा गएको थियो । महामारीले निम्त्याएको आर्थिक मन्दीका कारण ३५ लाख मानिसले रोजगारी गुमाउने प्रक्षेपण अधिकारीहरूले गरेका छन् । दक्षिण एशियाली देशहरूमध्ये सबैभन्दा धेरै संक्रमण दर इन्डोनेशियामा रहेको छ । पयर्टनले इन्डोनेशियाली अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको छ । महामारीका कारण विदेशी नागरिकका लागि सीमामा बन्द गरिएपछि त्यहाँ पयर्टक आगमन ह्वात्तै घटेको छ । समग्रमा इन्डोनेशियाको अर्थतन्त्रले सबैभन्दा कमजोर अवस्था पार गरिसकेको भए पनि महामारी नियन्त्रणमा आइनसकेकाले आर्थिक गतिविधि दबाबमै रहेको एक नोटमा एएनजेड बैंकले बताएको छ । महामारीको प्रभावसँग जुध्न र कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० पुनः वृद्धिमा फर्काउन खर्च बढाउने वाचा सरकारी अधिकारीहरूले गरेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु