हलिउड अभिनेता ड्वेन जोनसन (दी रक) कोरोना मुक्त भएसँगै काममा फर्किएका छन् । हालै उनले ‘रेड नोटिस’ को छायांकन सेटको फोटो सार्वजनिक गर्दै काममा फर्किएको जानकारी दिएका छन् । नेटफिल्क्सको कमेडी थ्रिलर चलचित्र ‘रेड नोटिस’ रसन मार्सल थर्बरले निर्देशन गरिरहेका छन् । जोनसनले सेयर गरेको फोटोमा उनी र निर्देशन थर्बर मास्क र फेस सिल्ड लगाएर बसेका छन् । फोटोको क्याप्सनमा अभिनेताले लेखेका छन्, “संसार परिवर्तन भएको छ र यो सँगै हामी पनि परिवर्तित भएका छौं । हामी आधिकारिक रुपमा चलचित्र ‘रेड नोटिस’ को छायांकनमा फर्किएका छौं ।छायांकनमा फर्किएको पहिलो साता उपलब्धिमूलक नै भयो । हामीले स्वास्थ्य सुरक्षाका सबै सावधानी अपानाएर काम गरेका छौं ।”


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
यसअघि सोही चलचित्रका अरु कलाकार र्यान रेनल्ड्स । गाल गाडोटले पनि छायांकन सेटमा कोभिड(१९ को स्वाब परीक्षण गराउँदै गरेको तस्बिर सार्वजनिक गरेका थिए । यस चलचित्रको शीर्षक एक देशका प्रहरीहरुले अर्को देशका प्रहरीलाई अपराधिक गतिविधि र अपराधिबारे जानकारी दिन प्रयोग गरिने शब्द हो ।



JUNGLE






from the
city


