विगत ६ महिनादेखि सिंगो विश्व सबै कुरा थाँती राखेर कोरोनाबाट कसरी बँच्ने भन्ने प्रश्नको उत्तर बरिवपरि घुमिरहेको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
संसारले सामना गरिरहेको यो संकटले हाम्रो देशलाई पनि सम्पूर्ण रुपमा प्रभावित बनाईसकेको छ । आगोको झिल्को सरी सल्केको यो भयंकर महामारीले हामिलाई समयमै जनाउ घण्टी बजाएर सामना गर्न यथेष्ट समय दिएको थियो ।



JUNGLE






from the
city



तर विडम्बना, न हामिले पाएको समयको सदुपयोग गर्यौं, न यस महामारी संग जुध्न कुनै सुझबुझ र बैज्ञानिक योजना अपनायौं । हामिले केहि पनि गरेनौं । गर्यौं त मात्र अरुको नक्कल । यत्तिलाई नै हामिले आफ्नो कर्तव्य ठान्यौं र समय गुजार्यौं । जसको परिणाम देश अहिले गंभीर संकटको सामना गरिरहेको छ ।
४ महिना लामो लकडाउनबाट खुल्ला भएर जनजिवन सामान्य हुन नपाउँदै कोरोना संक्रमणको महामारीले देशलाई लपक्कै ढाकेको छ । संक्रमणको गति तिब्र भएपनि सरकारले दिएको कानूनी अधिकार प्रयोग गर्दै स्थानिय तहहरुले निषेधाज्ञालाई कोरोना रोक्ने सुत्रको रुपमा प्रयोग गरिरहेका छन् । यसको प्रयोगले देशको राजधानी साथै अन्य शहरहरु पूर्ण बन्द छन् ।
चीन हुँदै विश्वका अन्य देशहरुमा कोरोनाको महामारी फैलिरहँदा हाम्रो देश सुरक्षित थियो । पूर्व जानकारीका साथ विश्वभरी सल्कीरहेको कोरोनाले संकटको सामना कसरी गर्ने भन्ने तयारी गर्न भरपुर समय दिएको थियो । संसारका धेरै देशहरुले यस्तो खालको समय पाएका थिएनन् । हामिले भने व्यापक संक्रमण फैलिरहेका देशहरुले अवलम्बन गरेका सुरक्षाका उपाय र रोकथामका योजनाहरुको नजिकबाट नियाल्ने अवसर समेत पाएका थियौं । तर हामिले ति देशहरुले कोरोना रोक्न लिएका कदम र नीतिको कुनै हेक्का गरेनौ, कोरोना रोक्नका लागि कुनै रणनीतिक पर्खाल लगाएनौं । रमिते बनेर मात्र हेरिरह्यौं ।
जब नेपाल भित्र कोरोना महामारी फैलने खतराको घण्टी बज्यो, तब हातार हतार
देशलाई लकडाउन घोषणा गर्नु बाहेक हामिसंग अर्को केहि थिएन । छिमेकी देश भारतले जे गर्यो हामिले पनि उसैको पाईला पछ्याउँदै हिंडिरह्यौंैं । लकडाउन त गरियो तर त्यसपछि कोरोना विरुद्धको मोर्चामा अपनाईने रणनीति र योजनामा हामि शुन्य भयौं । यसपछि कोरोनाको लडाईमा सरकारले गरेका थालेका हर प्रयासहरु असक्त देखिए, सबै रणनीतिहरुमा असफलता मात्र हात लाग्यो ।
यहि कारणले ४ महिना लामो लकडाउन पछि कोरोना संक्रमण नियन्त्रणमा आउनुको साटो आगोको लप्टाझैं ह्वार्र ह्वार्र सल्कन पुग्यो । देश अहिले कोरोनाको भुंग्रोमा पसिरहेको छ ।
के गर्नु पर्ने थियो ?
स्वास्थ्य गुणस्तर विज्ञ सुशील थापाका अनुसार माथिल्लो स्तरमा जुन निर्णय हुन्छ त्यो कुरा तल्लो स्तरमा सक्रिय कार्यान्वयनमा आउनु पर्छ । यसमा चुस्त व्यबस्थापकीय संयन्त्रले काम गर्छ । माथिल्लो तहले सूचना संप्रेषण गर्दा तल्लो तहले बुझ्यो भन्ने कुरा प्रमाणित नभैकन यो सूचना संप्रेषको चक्र बन्द हुदैन र गर्नु पनि हुँदैन । माथि गरेको निर्याय तल्लो तहले हो मैले बुझें भनेर प्रमाणित रुपमा ठोकुवा नगरे सम्म माथि गरिएको निर्णय कहिल्यै सार्थक हुन सक्दैन । तर यहाँ निर्णय गर्यो अनि पठाईदियो बस्, उसले त्यो निर्याय बुझ्यो या बुझेन ? कति गम्भीर रुपमा लियो ? कार्यान्वयन भयो, भएन भन्ने कुरा मतलब गरिदैन । सरकारले माथि गरेको निर्णय तल्लो स्तरमा पुग्दा कार्यान्वयन एकदम फितलो भएको, नबुझिएको र गलत प्रक्रिया अपनाईएका अनुभव हामिसंग धेरै छ ।
कुनैपनि समस्या संग जुध्न तथ्यमा आधारित नीति बनाउनु अत्यावश्यक हुन्छ । अझ स्वास्थ्यसंग सम्बन्धीत समस्यासंग जुध्न त विज्ञहरुले तय गरेका ठोस कार्यगत योजना कडाईका साथ पालना गर्नुपर्ने आवश्यकता छ ।
हामीले बनाएका कार्ययोजनाहरु न तथ्य परक थिए न त यो महामारी समाधानका सहयोगी नै । किनकी हामीले बनाएका निर्णयहरु कुनै आधार विना राजनैतिक रुपमा गरिएका निर्णयहरु मात्र थिए । हामि कहाँ एउटा ठूलो रोग के छ भने, राजनीति गर्नेहरु बाहेक यो देशमा जान्ने र सुन्ने अरु कोहि पनि छैन । हामि सबै कुराको हल राजनैतिक तहबाट नै निकाल्न तम्सन्छौं ।
कोरोना महामारीले निम्त्याएको यो समस्या राजनीति भन्दा धेरै फरक समस्या हो भन्ने चेतना हाम्रो नेतृत्वलाई हुनु जरुरी छ ।
कोरोना नियन्त्रणका लागि स्वतन्त्र विशेषज्ञहरुको टोलि सक्दो छिटो बनाउनु अहिलेको अपरिहार्य आवश्यकता हो । उनीहरुको सिफरिसका आधारमा तोकिएको संयन्त्रले कडाईका साथ चुस्त काम गर्ने र निगरानिमा काम गराउने हो भने मात्र यसबाट पार पाउन सकिएला, नत्र उनै पशुपतिनाथको भरोसा ।