कोरोना संक्रमणदर केही कम भएसंगै भारतका चारवटा राज्यमा आजदेखि विद्यालय खुल्दै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 12
  •  
  •  
  •  
  •  
    12
    Shares

भारतका चारवटा राज्यमा आजदेखि विद्यालय खुल्ने भएका छन् । कोरोना भाइरसको संक्रमणदर केही कम भएसंगै पञ्जाब, उत्तर प्रदेश, सिक्किम र हिमाञ्चल प्रदेशमा विद्यालय खोल्न लागिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उत्तर प्रदेश र पञ्जाबमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई अध्ययनका लागि विद्यालय जान आह्वान गरिएको छ । स्वास्थ्य मापदण्ड पूरा गरेर कक्षाका ५० प्रतिशत विद्यार्थीलाई मात्रै अध्यापन गराइने छ । बांकीलाई अर्को दिन अध्ययन गराइनेछ । पठनपाठनको समय दैनिक ३ घण्टा मात्र निर्धारण गरिएको छ । एउटा सिटमा एक जना विद्यार्थीलाई बसाइने छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

त्यस्तै हिमाञ्चल प्रदेशमा पनि कक्षा १० देखि १२ सम्मका विद्यार्थीलाई अध्ययनका लागि विद्यालय खुला गरिएको छ । सिक्किम सरकारले जाडोको बिदा र शनिबारको बिदा समेत कटाएर नयां शैक्षिक क्यालेन्डर निर्धारण गरेको छ । मुम्बईमा आजदेखि रेल सेवा समेत सञ्चालनमा आएका छन् । विगत आठ महिनादेखि बन्द रहेको रेल सेना आजबाट सञ्चालनमा आएको हो । विगत केही दिनयता भारतमा दैनिक कोरोना संक्रमितको संख्या उल्लेख्य मात्रामा घट्न थालेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु