कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि नियन्त्रणका लागि इटालीले प्रतिबन्धका नयाँ नियमहरु लागू गरेको छ। बन्दाबन्दीको विकल्पमा नयाँ नियम लागू गरिएको प्रधानमन्त्री गिउसेप्पे कोन्टेले बताएका छन्। नयाँ नियम घोषणाका लागि मास्क लगाएर सम्बोधन गरेका इटालीका प्रधानमन्त्री गिउसेप्पे कोन्टेले बन्दाबन्दीको विकल्पमा ती नियम आवश्यक भएको बताए। नयाँ नियम अनुसार मेयरलाई सार्वजनिक क्षेत्र साँझ ९ बजेपछि बन्द गर्न सक्ने अधिकार दिइएको छ। त्यसैगरी रेष्टुरेन्ट खोल्ने समय र कति जनासम्म भेला हुन पाउने भनेर तोक्ने अधिकार पनि मेयरलाई हुनेछ। अब त्यहाँ बार र रेष्टुरेन्ट मध्यरातमा बन्द गर्नुपर्नेछ। तर, साँझ ६ बजेपछि ‘टेबल सर्भिस’ मात्र दिन पाइनेछ। एउटा समूहमा ६ जनासम्म बस्ने अनुमति छ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
स्थानीय चाडपर्व र सम्मेलनहरु स्थगित गरिएको छ। शौखका लागि खेलिने सबै खेलकुद अनिवार्य रोक्नुपर्ने छ। जिम र स्विमिङ पुलहरुले स्वास्थ्यका नयाँ मापदण्डहरुलाई सात दिनभित्र लागू गरिसक्नुपर्नेछ। त्यहाँ भौतिक दूरीको उचित व्यवस्था गर्न भनिएको छ। कोरोनाभाइरसको दोस्रो लहर शुरु भएसँगै लगातार दुई दिन संक्रमितको संख्या उच्च भेटिएपछि इटालीले नयाँ कदम चालेको हो। त्यहाँ आइतबार ११ हजार ७०५ नयाँ संक्रमित भेटिएका थिए। अघिल्लो दिन शनिबार १० हजार ९२५ नयाँ संक्रमित पत्ता लागेका थिए। प्रधानमन्त्री कोन्टेले टेलिभिजन सम्बोधनमा भनेका छन्, “हामी समय खेर फाल्न सक्दैनौँ, हामीले बन्दाबन्दीलाई पुनः लागू नगर्न नयाँ उपाय खोज्नै पर्छ जसले अर्थव्यवस्थामा गम्भीर सम्झौता गर्न सक्छ।” उनले कोरोनाबाट बच्न मास्क लगाउने, भौतिक दूरी कायम गर्ने र हात धुने जस्ता न्यूनतम उपायको पालना गर्नैपर्ने बताए। उनले भने, “सरकार त यहाँ छँदैछ तर, हरेकले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ।”



JUNGLE






from the
city



यसअघि युरोपका फ्रान्स, नेदरल्याण्ड र स्पेनले पनि कोरोना संक्रमणको दोस्रो लहर शुरु भएको भन्दै प्रतिबन्धका नयाँ नियम लगाएका थिए। युरोपमा चिसो बढेसँगै संक्रमितको संख्या पनि बढ्न थालेको जनाइएको छ। महामारीको शुरुआतमा इटाली युरोपभरिकै सबैभन्दा नराम्ररी प्रभावित भएको देश थियो। यहाँ अहिलेसम्म करीब चार लाख १४ हजार कोरोना संक्रमित भेटिइसकेका छन्। तीमध्ये दुई लाख ५१ हजार ४६१ जना निको भएका छन्। अहिलेसम्म त्यहाँ ३६ हजार ५४३ जनाको मृत्यु भइसकेको छ। एक लाख २६ हजार २३७ सक्रिय संक्रमित छन्।