सिम्रक खबर, ४ साउन काठमाण्डौ
क्यानडाको एउटा राष्ट्रिय निकुञ्जमा हिमनदीमा यात्रामा निस्केकोे बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । समाचार श्रोत रोयटर्सका अनुसार क्यानाडाको अलबर्टामा दुर्घटना भएको हो ।
२७ जना सवार रहेको उक्त बस अलबर्टा शहरको जस्पर राष्ट्रिय निकुञ्ज नजिकै हिमनदीमा दुर्घटनामा परेको हो । हिउँहरुले भरीएका ठाँउहरुमा सञ्चालन गर्ने गरी पर्सुट कम्पनीको उक्त बस सञ्चालन गर्ने गरेको छ ।
जटिल अवस्थामा रहेका घाइतेहरुलाइ हेलीकोप्टर मार्फत उद्धार गरी अस्पताल पुर्याइएको छ । घट्नाको बारेमा क्यानडा प्रहरी आसिएमपीले बिस्तृत अनुसन्धान गरीरहेको बताइएको छ ।
क्यानडामा हिमनदीकोे यात्रामा निस्केको बस दुर्घटना, ३ जनाको मृत्यु, कैयौँ घाइते ।
- सिम्रिक खबर
- • ६ महिना अगाडि