क्यानन क्यामेराबाट खिचेका तस्वीर अटोमेटिक गूगल फोटोमा अपलोड हुने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 17
  •  
  •  
  •  
  •  
    17
    Shares

अब गूगल फोटोमा क्यानन क्यामेराबाट खिचेका तस्वीर अटोमेटिक अपलोड हुने भएको छ । यसका लागि क्यानन र गूगलले संयुक्त रुपमा नयाँ सफ्टवेयर इन्टिग्रेसन सार्वजनिक गरेका छन् । यो सफ्टवेयरले क्यानन क्यामेराबाट लिइएका तस्वीरहरुलाई अटोमेटिक रुपमा गूगल फोटोजमा ब्याकअप राखिदिनेछ । क्याननको यी मोडलका क्यामेराहरुमा यो सफ्टवेयर प्रयोग गर्न सकिन्छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

विशेषगरी यी क्यामेराहरु इन्टरचेन्जेबल लेन्स क्यामेराहरु हुन् । यो अटो ब्याकअप फिचरले क्यानन क्यामेरा कनेक्ट एपबाट मात्र काम गर्न सक्छ । यो एप एन्ड्रोइड र आईओएस दुवै डिभाइसका लागि उपलब्ध छ । यदि तपाईंसँग नयाँ भर्सन छ भने तपाईंले आफ्नो क्यानन क्यामेरा यो एपसँग कनेक्ट गराएर सबै ओरिजिनल क्वालिटीको फोटो आफ्नो क्यामेराबाट गूगल फोटोजमा सार्न सक्नुहुन्छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यसको लागि तपाईंको फोन र क्यामेरा पनि एकअर्कोसँग कनेक्ट भएको हुनुपर्छ । साथै तपाईंले आफ्नो फोन र क्यामेरालाई वाईफाई अप्सनबाट जोडेर एपबाट फोटो ट्रान्सफर गर्न सक्नुहुन्छ । यस्तै अर्को अप्सन भनेको क्यामेरा वा मेमोरी कार्डलाई ल्यापटपमा राखेर पनि यो एपबाट काम गर्न सक्नुहुन्छ ।

तर यसमा पनि केही सीमितता छन् । यो एप गूगल फोटो क्लाउडका लागि मात्र काम लाग्छ । गूगलका लागि नयाँ क्यानन प्रयोगकर्ताहरुले क्लाउड स्टोरेजमा सय जीबी निस्शुल्क पाउनेछन् । यो निस्शुल्क एक्सेसको सुविधा एक महिनासम्मका लागि रहनेछ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु