क्यानाडामा पनि कोभिड १९ को सङ्क्रमणको दोस्रो चरण शुरु

कोरोना भाइरस

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 5
  •  
  •  
  •  
  •  
    5
    Shares

क्यानाडामा पनि कोभिड १९ को सङ्क्रमणको दोस्रो चरण शुरु भएको बताइएको छ । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउले सो कुरा बताउनुभएको हो । उहाँले बुधबार क्यानाडामा पनि कोभिड १९ को सङ्क्रमणको दोस्रो चरण प्रवेश गरेको जानकारी दिनुभएको हो । उहाँले बुधबार यहाँको राष्ट्रिय टेलिभिजनमार्फत् गरेको सम्बोधनका क्रममा भन्नुभएको थियो– क्यानाडामा पनि यस संक्रमणको महामारी दोस्रो चरणमा प्रवेश गरेको छ । उहाँले यहाँ दोस्रो चरण अर्थात् ‘सेकेन्ड वेब’ शुरु भइसकेको र अब देशमा यसको असर देखिनसक्ने भन्दै यसका लागि आवश्यक सतर्कता अपनाउन सबै देशबासीलाई आग्रह पनि गर्नुभयो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

क्यानाडामा हाल १ लाख ४७ हजारभन्दा बढी नागरिकमा यो सङ्क्रमण देखिएको छ । बीचमा यसको प्रकोप घटेको देखिएको भए पनि पछिल्ला केही हप्ताहरुमा यसका संक्रमित थपिएका छन् । यहाँका जनस्वास्थ्य विज्ञहरुले पनि क्यानाडामा दोस्रो चरणको संक्रमण शुरु भएको बताएका छन् । यहाँका अधिकारीहरुको तथ्यांकअनुसार गएको हप्तामात्र यहाँ सात हजार ५०० भन्दा बढी सङ्क्रमित देखिएका बताइएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु