क्रसर उद्योगले बनाएको खाल्डोमा डुब्दा एक किशोरको ज्यान गयो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 25
  •  
  •  
  •  
  •  
    25
    Shares

क्रसर उद्योगले जथाभावी बनाउने ठूलाठूला खाल्डा ज्यानमारा बन्दै गएका छन् । महोत्तरीको बर्दिवास–१४ मा आइतबार यस्तै खाल्डोमा परेर एक किशोरको मृत्यु भएको छ । बर्दिवास–१४ कै अशोक भनिने आशुतोष मिश्रका १६ वर्षीय कन्हैया भनिने रोशन मिश्रको खाल्डोको पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय महोत्तरीले जनाएको हो ।
दुई अन्य साथीसँग नुहाउन गएका मिश्र गहिरो खाल्डोको पानीमा चिप्लिएर डुबेका हुन् । उनलाई तत्काल उद्धार गरी बर्दिवास–१४ कै शुभस्वस्तिक अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जानकारी दिए ।शव प्रादेशिक अस्पताल जनकपुरमा परीक्षण गरेर अन्तिम संस्कारका लागि परिवारजनलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । मिश्रसँगै नुहाउन गएका अन्य दुई किशोर भने सुरक्षित छन् ।
खाल्डा बनाउने क्रसर उद्यमीविरुद्ध कारवाहीको माग
किशोरको मृत्युसँगै जथाभावी खाल्डा बनाउने क्रसर उद्यमीविरुद्ध कारवाही हुनुपर्ने मृतक किशोरका आफन्तले बताएका छन् । रातु नदीको नदी क्षेत्रमा क्रसर उद्यमीले बनाएका ठूलाठूला खाल्डामा परी बर्सेनि ज्यान जाने गरेको छ । यसअघि गत असारमा यस्तै खाल्डोमा परेर छिमेकको भङ्गाहा–४ मा र गत वर्ष बर्दिवास–९ पशुपतिनगरमा एकरएक किशोरको मृत्यु भएको थियो ।
नदी क्षेत्रमा जथाभावी उत्खनन गर्न दिन नहुने र तीन फिटभन्दा गहिरो खाल्डो खन्न नपाइने प्रावधान भए पनि यहाँ २५, ३० फिट गहिरा खाल्डा खनेर नदीजन्य पदार्थ निकालिने गरिएको छ । यससम्बन्धमा बर्सेनि सम्बन्धित नियमन गर्ने निकायबाट निरीक्षण, अनुगमन हुने गरे पनि मापदण्ड नाघेर खाल्डा खनेबापत कुनै क्रसर उद्यमी कारवाहीमा भने नपरेका यहाँका सर्वसाधारणको गुनासो छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु