क्रान्तिकारी विद्यार्थी संघले कक्षा ११ मा नयाँ र पुरानो पाठ्यक्रमबारे देखिएको अन्योल हटाउन माग

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपाल क्रान्तिकारी विद्यार्थी संघले कक्षा ११ मा नयाँ र पुरानो पाठ्यक्रमको अलमलका कारण शिक्षक, विद्यार्थीलगायत सम्बन्धित पक्षहरु अन्यौलमा परेको भन्दै यस परिस्थितिलाई नलम्ब्याई एउटा निश्चित निर्णय गर्न सरकारसँग माग गरेको छ । संघका अध्यक्ष सविन ख्याजूले विज्ञप्ति जार्दै गर्दै देशभर कक्षा ११ मा अध्ययनरत लाखौं विद्यार्थी अन्यौलमा रहेको जनाएका हुन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

नेपाल सरकारले कक्षा ११ मा नयाँ पाठ्यक्रम २०७७ भदौ १ गतेदेखि लागू गर्न निर्देशन गरेको अवस्थामा नयाँ पाठ्यक्रम लागू नगराउन मागसहित असोज २८ गते सर्वोच्च अदालतमा मुद्दा दायर भएको र सरकारले नयाँ पाठ्यक्रमअनुसार पढाउन कार्तिक ३ गते पुनः निर्देशन दिएको अवस्थाले अन्योल बढाएको उनको भनाइ छ । उनले विज्ञप्तिमा भनेका छन्, ‘सर्वोच्च अदालतले कार्तिक २० गते नयाँ पाठ्यक्रम लागू नगर्न अन्तरिम आदेश जारी गर्दै कार्तिक २६, मंसिर ४ र २४, पुष ६ गतेको लागि पेशी तोकेको प्रति अन्तिम निर्णय भएको छैन, देशभर कतै नयाँ पाठ्यक्रम त कतै पुरानो पाठ्यक्रम लागू भइरहेको अलमलको स्थिति छ ।’

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

सरकारले देशभर भौतिक उपस्थितिमा स्वास्थ्य मापदण्ड पालना गरेर कक्षा सञ्चालन गर्न निर्देशन जारी गरे पनि आवश्यक पूर्वाधारको कमीका कारण सबैतिर स्वास्थ्य सतर्कता नअपनाइएको भन्दै संघले सरकारलाई सबै शैक्षिक संस्थाहरुमा आवश्यक अनुगमन गर्न माग गरेको छ । ‘समाजवाद उन्मुख संविधानअन्तर्गतको यो सरकारले स्वास्थ्य निःशुल्क गर्न नसक्नु बदमासी हो । कोभिड–१९ रोग पहिचान र उपचारमा सरकारले निःशुल्क नगर्ने निर्णयले यो सरकार पूँजीवादी सरकार भएको थप प्रष्ट भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थीहरुलाई कोभिड–१९ रोगको उपचार निःशुल्क गर्न नेक्राविसंघ माग गर्दछ ।’ नेक्राविसंघले मावि तहको शिक्षा निःशुल्क र अनिवार्य साथै उच्च शिक्षा निःशुल्क र स्वास्थ्य पूर्ण निःशुल्क गर्न पनि सरकारसँग माथ गरेको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु