क्रिस्टल प्यालेसलाई २–१ गोलले पराजित गर्दै एभर्टनले हाँसिल गरे लगातार तेस्रो जित

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लगातार तेस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा क्रिस्टल प्यालेसलाई २–१ गोलले पराजित गर्दै लिगमा लगातार तेस्रो जित निकालेको हो । क्रिस्टल प्यालेसको घरेलु मैदान सेल्हास्र्ट पार्क स्टेडियममा भएको खेलमा एभर्टनको जितका लागि डोमिनिक काल्भर्ट लेविन र रिचर्लिसनले एक एक गोल गरे । घरेलु टोलीका लागि चेइखोउ कोउयाटेले एक गोल फर्काए । खेलका तीन वटै गोल पहिलो हाफमा भएका थिए । खेलको दसौैं मिनेटमा पाहुना टोली एभर्टनले अग्रता लियो । सेउमस कोलेमनको पासमा काल्भर्ट लेविनले गोल गर्दै एभर्टनलाई अग्रता दिए । २६ औं मिनेटमा कोउयाटेले गोल गर्दै खेल बराबारीमा ल्याए । उनले अन्द्रोस टाउनसेन्डको कर्नर प्रहारमा हेडर मार्फत गोल गदै खेल बराबीमा ल्याएका थिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

४० औं मिनेटमा रिचर्लिसनले गोल गर्दै एभर्टनलाई पुनः अग्रता दिलाए । क्रिस्टल प्यालेसका खेलाडीले पेनाल्टी क्षेत्रमा ह्यान्ड गरेपछि पाएको पेनाल्टी अवसरमा रिचर्लिसनले गोल गरेका हुन् । त्यसपछि दोस्रो हाफमा दुबै टोलीबाट थप गोल हुन नसक्दा खेल क्रिस्टल प्यालेस २–१ गोलले पराजित भएको हो । यस जितसँगै एभर्टनले लिगका तीन खेलमा नौं अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यता क्रिस्टल प्यालेसको भने पहिलो हार हो । तीन खेल खेलको प्यालेसको छ अंक छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु