रोनाल्डोले दुई सिजनमा कुल ४३ गोल गर्दै सर्वाधिक गोल गर्ने पोर्चुगिज खेलाडी बने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

क्रिस्टियानो रोनाल्डोले दुई सिजनमा कुल ४३ गोल गर्दै इटालीको शीर्ष श्रेणी लिगमा सर्वाधिक गोल गर्ने पोर्चुगिज खेलाडी बने । इटालियन सिरी ए अन्तर्गत सोमबार राती युभेन्टसले बोलोग्नाको घरेलु मैदानमा २-० को जित दर्ता गर्दा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले नयाँ कीर्तिमान रचेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

रोनाल्डोले खेलको पहिलो हाफमा पेनाल्टीमार्फत गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए । जारी लिग सिजनमा रोनाल्डोको २२ औं गोल थियो । उनले गत सिजन आफूले २१ गोल गरेको उपलब्धिलाई सुधारिसकेका छन् । यसअघि इक्त कीर्तिमान रुइ कोस्टाको नाममा रहेको थियो । कोस्टाले सिरी ए मा ८ वर्ष बिताउँदै फिओरेन्टिना र एसी मिलानबाट खेलेका थिए । रोनाल्डो प्रिमियर लिगमा पनि सर्वाधिक गोल गर्ने पोर्चुगिज खेलाडी हुन् । उनले म्यानचेस्टर युनाइटेडबाट खेल्दै १ सय ९६ खेलमा ८४ गोल गरेका थिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

रोनाल्डो स्पेनिस ला लिगामा पनि सर्वाधिक गोल गर्ने पोर्चुगिज खेलाडी हुन् । रियल म्याड्रिडका समेत सर्वाधिक गोलकर्ता रहेका रोनाल्डोले २ सय ९२ खेलमा ३ सय ११ गोल गरेका छन् । स्पेनिस लिगमा समग्रमा भने लिओनेल मेस्सीले मात्र रोनाल्डो भन्दा बढी गोल गरेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु