क्वालकमले ल्यायो स्न्यापड्रागन एट सीएक्स जेन टू फाइभजी प्रोसेसर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

चिप निर्माता कम्पनी क्वालकमले कम्प्युटरका लागि लक्षित गर्दै नयाँ प्रोसेसर सार्वजनिक गरेको छ । बिहीबारदेखि जर्मनीको बर्लिनमा सुरु भएको आईएफए २०२० को भर्चुअल एडिसनमा क्वालकमले स्न्यापड्रागन एट सीएक्स जेन टू फाइभजी प्रोसेसर ल्याएको घोषणा गरेको हो । यो प्रोसेसरमा फाइभजी कनेक्टिभिटीसहित उत्कृष्ट परफरमेन्स, मल्टी(डे ब्याट्री लाइफ, ईन्टरप्राइज ग्रेड सेक्युरिटी, वाईफाई सिक्स लगायतका विशेषता छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

त्यस्तै सुधारिएको क्यामेरा, अडियो टेक्नोलोजी र एआई एक्सिलेरेसनले बजारका अन्य प्रतिस्पर्धी प्रोसेसरभन्दा यो मौलिक हुने कम्पनीले जनाएको छ । यसमा ईन्टेलको हाइब्रिड कोर आई फाइभको तुलनामा ५० प्रतिशत थप राम्रो परफरमेन्स र ब्याट्री लाईफ भएको दाबी कम्पनीको छ । यसको राम्रो पक्ष भनेकै धेरै दिनसम्म ल्यापटपरपिसीको ब्याट्री टिक्छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

सन् २०२० को अन्त्यसम्म डिभाइसहरूमा यो चिपको प्रयोग हुने बताइएको छ । क्वालकमका पार्टनरहरू एसर, एचपी लगायतले अबका डिभाइसमा यो चिप प्रयोग गर्न पाउनेछन् । एसर कम्पनीले हालै घोषणा गरेको पहिलो फाइभजी ल्यापटप स्पिन सेभेनमा यो प्रोसेसर प्रयोग हुने जनाइसकेको छ । एट सीएक्स जेन टू फाइभजी क्वालकमको दोस्रो प्रोसेसर हो, जसले फाइभजी कनेक्टिभिटी दिन्छ । यसमा नयाँ भनेको वाईफाई सिक्स प्रविधि छ ।

यो नयाँ चिपले ठूलादेखि साना उद्ममी र अध्ययन अध्यापनको क्षेत्रमा रहेका व्यक्तिहरूलाई फाइदा पुर्याउने विश्वास कम्पनीको छ । साथै यसले आईटी एडमिनिस्ट्रेटरका लाथि आफ्ना कम्प्युटर जताबाट पनि म्यानेज गर्ने सुविधा दिएको छ । चिपले माइक्रोसफ्ट सेक्युर्ड कोर पीसी र विन्डोज हाईपरभिजरलाई पनि सपोर्ट गर्दछ । यसका अतिरिक्त यो चिपले आर्टिफिसियल इन्जीन समावेश गरेको छ, जसले कम्प्युटरमा एआई एक्सिलेरेटेड प्रोग्रामहरुमा सपोर्ट गर्दछ ।

साथै अर्को महत्वपूर्ण विशेषता भनेको यो चिपमा फोरके एचडीआर सम्मको भिडियो रेकर्डिङ गर्न ३२ मेगापिक्सेलसम्मको हाई रिजोलुसन क्यामेरा मोड्युलको क्षमता छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु