खाडीका मुलुकबाट ठूलो परिमाणमा नेपाली कामदारको माग, मागपत्र प्रमाणीकरण खुलाउन अनुरोध

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 23
  •  
  •  
  •  
  •  
    23
    Shares

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कामदार मागपत्र प्रमाणीकरण तत्काल खुलाउन अनुरोध गरेको छ । नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य देश साउदी, ओमान, यूएई, बहराइन तथा केही यूरोपका देशहरुबाट समेत कोरोना महामारीकै समयमा पनि नेपाली कामदार लिन सक्ने जानकारी रोजगारदाताले गराएको र ठूलो परिमाणमा माग आएको भन्दै संघले तत्काल मागपत्र प्रमाणीकरण खुलाउन माग गरेको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

रोजगारदाता नेपाली श्रमिक लिन इच्छुक भएर मागपत्र प्राप्त भए पनि खाडीका देशमा रहेको नेपाली दूतावासले मागपत्र प्रमाणीकरण नगर्दा आउने मागहरु गुम्ने खतरा भएको संघको भनाइ छ । संघले आएको माग गुम्न नदिन भन्दै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, सहसचिव हरिसचन्द्र घिमिरे तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालायका सचिब तोयम राया समक्ष मागपत्र प्रमाणीकरण तत्काल खुलाउन अनुरोध गरेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

अहिले ओमान, बहराइन, साउदीजस्ता देशमा विस्तारै आर्थिक गतिविधि सञ्चालन हुन थालेको र त्यहाँबाट कामको माग आउन थालेको संघले जनाएको छ । कोरोनाको कारण गएको फागुन अन्तिमदेखि नै वैदेशिक रोजगारी बन्द रहेको थियो । सरकारले भदौ १४ देखि पूर्ण रुपमा खुलाएको छ । तर खाडी राष्ट्रमा रहेका नेपाली दूतावासले मागपत्र प्रमाणीकरणका काम भने सुरु गरेका छैनन् । त्यसैले संघले आजकै मितिदेखि सम्बन्धित देशमा रहेका निकायलाई मागपत्र प्रमाणीकरणको लागि निर्देशन दिन संघले अनुरोध गरेको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु