खाडी क्षेत्रका श्रमिकहरुलाई कुनै समस्या भए एनआरएनएले सहयोग गर्ने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

खाडी क्षेत्रका श्रमिकहरुलाई कुनै समस्या भए सम्पर्क गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आग्रह गरेको छ। ‘कोभिड-१९’ को महामारीको क्रममा वैदेशिक रोजगारमा विशेषगरी खाडी मुलुक तथा मलेसियालगायत विश्वभर रहेका नेपालीहरुलाई गैरआवासीय नेपाली संघको वैदेशिक रोजगार विभागले सहयोग गर्ने संघका उपाध्यक्ष डा। बद्री केसीले जानकारी दिए। केसीले बिहीबार एक विज्ञप्ति जारी गर्दै विदेशमा जागिर गुमाएको, खान बस्नको लागि समस्या भएका, अलपत्रमा परेका र मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएकाहरुलाई तत्काल संघसमक्ष सम्पर्क गर्न आग्रह गरेका हुन्।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

संघले भिसा सकिएर जरिवाना तिर्न गाह्रो परेका, नेपाल फर्कनलाई समस्या भएका र रोजगारदाताले तलब नदिएकोले श्रमिक अदालतमा निवेदन दिन बाध्य पारिएका नेपालीहरुलाई सहयोग गर्ने भएको छ। त्यस्तो समस्यामा परेका व्यक्तिहरुले स्थानीय गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वयमार्फत अथवा गैरआवासीय नेपाली संघको इमेल ठेगानामा सम्पर्क गर्न सक्ने जनाइएको छ। संघले कोरोना भाइरसको विश्वव्यापी महामारी सुरु भएदेखि ५० देशमा करिब दुई हजार ५०० स्वयमसेवक परिचालन गरेको छ। संघले अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक ‘कोभिड-१९’ उच्चस्तरीय समिति गठन गरेर कोरोना भाइरसबाट पीडितका लागि सहयोग गर्दै आएको छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु