रौतहट १० ,श्रावण
रौतहटको राजदेवी नगरपालिकास्थित भारतीय सिमानासँगै जोडिएको दशगज्जा क्षेत्रमा खाल्डोमा जमेको पानीमा डुबेर एक वृद्धको मृत्यु भएको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
स्थानीय राजदेवी नगरपालिका ८ लक्षमिपुरका ७० वर्षीय जगरनाथ महरा चमारको दशगज्जा नजिक खाल्डोमा डुबेर शुक्रबार मृत्यु भएको हो ।
Advertisements



JUNGLE






from the
city



चारदिन अघि धानको बीउ लिन सिमापारी छोरीको घर गएका चमार आज फर्किनेक्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरका इन्स्पेक्टर चन्देश्वर यादवले बताए । मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ ।
भारतीय पक्षले बर्षेणी बाँध र सडक मर्मतको नाउमा दशगज्जा क्षेत्र बाट माटो खन्दै आएकाले उक्त क्षेत्रमा बनेका ठुला ठुला खाडलमा बर्षाको पानी जमेर जोखिम बढ्ने गरेको छ ।