खाल्डोमा फसेको ट्रक निकाल्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 19
  •  
  •  
  •  
  •  
    19
    Shares

ताप्लेजुङको दोभान बजारबाट झापाको बिर्तामोडतर्फ फर्कंदै गरेको मे १ ख १८६५ नम्बरको सडकको खाल्डोमा फसेको ट्रक निकाल्न सहयोग गर्ने क्रममा बिजुलीको तारमा छोइएर करेन्ट लागेपछि जिप चालक २७ वर्षीय विकास सुनुवारको आइतबार मृत्यु भएको छ ।
मे १ च ३०११ नम्बरको जिपमा यात्रु लिएर ताप्लेजुङ सदरमुकाम फुङलिङबाट दोभान बजार जाँदै गरेका सुनुवारले हिलाम्मे सडकमा फसिरहेको ट्रकलाई निकाल्न सहयोग गर्ने क्रममा करेन्ट लागेको हो । उनी पाथिभरा याङवरक गाउँपालिका–१ नाङखोल्याङ निवासी हुन् । ट्रक चालक अमृत श्रेष्ठ पनि घाइते भएका छन् ।
हिलाम्मे बाटोमा फसेको ट्रक निकाल्न विकासले चक्कामा ढुंगामाटो राखिरहेकै बेला ११ हजार भोल्ट विद्युत प्रवाह भएको तारमा ट्रक छोइएको थियो । बिजुलीको थ्रीफेज लाइनमा रहेका तीनवटा तारमध्ये एउटा तार अलि तलै लत्रिएका कारण ट्रकमा छोइएको स्थानीयले बताएका छन् । ट्रकचालक श्रेष्ठ भने ढोकाबाट हामफालेका थिए ।
ताप्लेजुङका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले अनुसार घटनाको विस्तृत अध्ययन भइरहेको बताए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु