खुमलटार भेलाको निष्कर्ष : 'पार्टी बचाउने दायित्व ओलीको'

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 22
  •  
  •  
  •  
  •  
    22
    Shares

श्रावण ५, काठमाण्डौ । सत्तारुढ नेकपाका पूर्वमाओवादी केन्द्र तर्फका स्थायी कमिटी सदस्यहरूले विचार तय नभइ एकता महाधिवेशन सम्भव नभएको निष्कर्ष निकालेका छन् ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवास खुमलटारमा भएको पूर्वमाओवादी निकट स्थायी कमिटी सदस्यहरुको भेलाले यस्तो निस्तो निष्कर्ष निकालेको हो । पार्टीभित्र बढेको पछिल्लो विवाद र अर्का अध्यक्ष केपी शर्मा ओलीबाट मंसिरमा महाधिवेशन गर्ने प्रस्तावका बारेमा छलफल तथा परामर्शका लागि प्रचण्डले आफूनिकट स्थायी कमिटी सदस्यहरूलाई आज खुमलटार बोलाएर छलफल तथा परामर्श गरेका थिए ।
भेलामा लेखराज भट्टबाहेक पूर्वमाओवादी केन्द्र समूहका सबै स्थायी कमिटी सदस्य उपस्थित थिए । उनीहरूले पार्टी एकता बचाउन र अहिले देखिएको गतिरोधको निकास पहिलो वरीयताको अध्यक्ष भएकाले केपी ओलीले नै दिनुपर्ने निष्कर्ष पनि निकालेका छन् । पार्टी अध्यक्षको वरियातामा पहिलो र प्रधानमन्त्री भएकाले केपी ओलीले नै निकासका लागि पहल गर्नुपर्ने भेलामा सहभागी स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले बताए ।
उनले छिटोभन्दा छिटो बैठक टुंग्याएर समस्या समाधानतिर अघि बढ्नुपर्नेमा सदस्यहरुले जोड दिएको पनि बताए । भेलामा सहभागी अधिकांशले एकता बचाउने, विकास गर्ने, निष्कर्षमा पु-याउने मुख्य दायित्व ओलीकै भएको बताएको गजुरेलले बताए । सदस्यहरूले वैचारिक कार्यदिशा तय नभइ महाधिवेशनमा जानुको औचित्य नरहेको बताएको उनको भनाइ छ ।
भेलामा जारी स्थायी कमिटी बैठक छिटो सक्न सुझाव दिएको बताए । बाढी, पहिरोको प्रक्रोप बढेको, उद्धार, राहतको काममा कार्यकर्ता परिचालन गर्नुपर्ने बेलामा सधैँ बैठकमा अल्झिएर बस्न नहुने विचार अधिकांशले राखेको पनि गजुरेलको भनाइ छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु