खेलाडी क्रिस्टियानो रोनाल्डोलाई फेरी भित्र्याउन म्यानचेस्टर युनाइटेडको अफर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 12
  •  
  •  
  •  
  •  
    12
    Shares

पोर्चुगलका सुपर स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई फेरी भित्र्याउन म्यानचेस्टर युनाइटेडले अफर गरेको विषय अहिले फुटबल जगतमा चर्चाको विषय बनेको छ । २००९ मा रोनाल्डो युनाइटेड छोडेर स्पेनिस क्लब जादै छन् भन्ने समाचार ब्रेक गरेको पोर्चुगीच पत्रिका रेकर्डले अहिले रोनाल्डोलाई युनाइटेडले अफर गरेको विषय प्रकाशित गरेर रोनाल्डो युनाइटेड फर्किन सक्ने विषय फेरी चर्चामा ल्याएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

युभेन्टस कोरोना महामारीका कारण आर्थिक संकटमा परेपछि रोनाल्डोसँगको सम्झौता सकिन एक बर्ष अगाडी नै रोनाल्डोलाई बेच्ने तयारी गरेको रिपोर्ट केहि दिन अगाडी आएको थियो । च्याम्पियन्स लिग जित्न रोनाल्डोलाई भित्र्याएको युभेन्टसले आफ्नो सो उद्धेश्य पुरा नभएपछि अब क्लबको पारिश्रमिक घटाउन रोनाल्डोलाई बेच्ने योजना बनाएको सार्बजनिक भएको थियो । युभेन्टसमा रोनाल्डोले पाउने पारिश्रमिक दोस्रो धेरै पारिश्रमिक पाउने पाउलो डिबालाको भन्दा पाँच गुणाले बढी भएकाले पनि क्लबले रोनाल्डोलाई बेच्ने योजना अगाडी बढाएको बताइएको छ । सो रिपोर्टपछि युनाइटेडले रोनाल्डोका एजेन्ट जर्ज मेण्डजसँग सम्पर्क गरेको रेकर्डले उल्लेख गरेको छ । रिपोर्टमा रोनाल्डोलाई भित्र्याउन युनाइटेड र पिएसजीले इच्छा देखाएको बताइएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

युनाइटेडको अफर पछि रोनाल्डो र उनका एजेन्टले अहिले सो प्रस्तावमा विचार गरिरहेको बताइएको छ । रेकर्डले रोनाल्डोले युनाइटेड र रियल म्याड्रिड छोड्दाको समाचार ब्रेक गरेका कारण पनि यो सूचनालाई विशेष रुपमा हेरिएको छ । युनाइटेडमा सर एलेक्स फर्गुसनको अन्डरमा खेल्दै रोनाल्डोले तिन प्रिमियर लिग, दुई लिग कप र एफए कप तथा एक च्याम्पियन्स लिग उपाधि जितेका रोनाल्डो अहिले पनि ओल्ड टाफोर्डमा विशेष मानिन्छन् । खेलाडी किन्नमा खासै चासो नदिएको भन्दै युनाइटेडको आलोचना भइरहेका बेला रोनाल्डोलाई अफर गरेको भन्ने समाचारले युनाइटेडका फ्यान र सम्पूर्ण फुटबलप्रेमी तरंगित भएका छन् ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु