गत २४ घण्टाभित्र विश्वमा ६ लाख ३४ हजार ६९२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार ११७ जनाले ज्यान गुमाएका छन्। पछिल्लो तथ्यांक अनुसार विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ३० लाख ६६ हजार १६८ र मृत्यु हुनेको संख्या १२ लाख ९८ हजार ४७६ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.४५ प्रतिशत हो।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ५७ हजार १४३ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार ११७ जनाले ज्यान गुमाएका छन्। भारतमा पछिल्लो २४ घण्टाभित्र ४३ हजार ८६१ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ५२१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। फ्रान्समा ३३ हजार १७२ नयाँ संक्रमित थपिएका छन् भने ४२५ जनाको मृत्यु भएको छ।



JUNGLE






from the
city



वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र ब्राजिलमा ४४ हजार ६४०, इटलीमा ३७ हजार ९७८, बेलायतमा ३३ हजार ४७०, जर्मनीमा २३ हजार ४६२, पोल्यान्डमा २२ हजार ६८३, रसियामा १२१ हजार ६०८, कोलम्बियामा आठ हजार ६८६ तथा इरानमा ११ हजार ५१७ जना नयाँ संक्रमित थपिएका छन्।