काठमाण्डौ ।
देशभर गत २४ घण्टामा ८१८ जना नया संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यो सँगै हाल सम्म नेपालमा संक्रमित हुनेको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ ।
त्यस्तै गत २४ घण्टामा काठमाण्डौ उपत्यकामा १६६ जना नया संक्रमित थपिएका छन् । काठमाण्डौमा १२६, ललितपुरमा १२ जना र भक्तपुरमा २८ जना नया संक्रमित भेटिएका हुन् । आइतवार २८१ जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।
गत २४ घण्टामा देशभर ८१८ संक्रमित थपिए, संक्रमितको संख्या करिब ३२ हजार
- सिम्रिक खबर
- • ६ महिना अगाडि