गत २४ घण्टाभित्र विश्वमा ५ लाख ४० हजार २८३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा १० हजार ३६१ जनाको मृत्यु भएको छ । पछिल्लो तथ्यांक अनुसार विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ५९ लाख २८ हजार ३२९ र मृत्यु हुनेको संख्या १३ लाख ४२ हजार ८४० पुगेको छ। पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ५४ हजार ५५३ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार ५७१ जनाले ज्यान गुमाएका छन्।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
भारतमा पछिल्लो २४ घण्टाभित्र ३८ हजार ५३२ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ४७२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र इटलीमा ३२ हजार १९१, ब्राजिलमा ३५ हजार १८, बेलायतमा २० हजार ५१, जर्मनीमा १६ हजार २०४, रसियामा २२ हजार ४१०, फ्रान्समा १४ हजार ५२४, कोलम्बियामा पाँच हजार ९११ तथा इरानमा १३ हजार ३५२ जना नयाँ संक्रमित थपिएका छन्।



JUNGLE






from the
city


