काठमाडौं । गुगलले बग बाउन्टी नाममा सन् २०२० मा मात्रै ६।७ मिलियन अमेरिकी डलर अर्थात ७८ करोड २२ लाख रूपैयाँभन्दा बढी रकम ह्याकरलाई उपलब्ध गराएको जनाएको छ । गुगलका विभिन्न सर्भिसमा रहेको सुरक्षा कमजोरी पत्ता लगाएको भन्दै ६२ देशका ६ सय ६२ जना सुरक्षा अनुसन्धानकर्मीलाई कम्पनीले उक्त रकम उपलब्ध गराएको हो ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
गुगलले बग बाउन्टीको नाममा एक वर्षको अवधिमा यति धेरै रकम बुझाएको अहिलेसम्मकै धेरै हो । कम्पनीका अनुसार सन् २०२० मा सबैभन्दा बढी गुगल क्रोममा देखिएको त्रुटि देखिएको थियो । गुगल क्रोममा गत वर्ष ३ सय वटा बग देखा परेका थिए । उक्त बग पत्ता लगाएबापत मात्रै २१ लाख अमेरिकी डलर अर्थात् करिब २४ करोड ५२ लाख रूपैयाँ भुक्तानी गरिएको थियो । भने, दोस्रो बग गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टममा पत्ता लागेको थियो ।



JUNGLE






from the
city



जसमा कम्पनीले १७ लाख ४० हजार अमेरिकी डलर अर्थात २० करोड ३१ लाख रूपैयाँभन्दा बढी भुक्तानी गरेको जनाएको छ । त्यस्तै गुगल प्ले स्टोरमा रहेको समस्या पत्ता लगाएबापत कम्पनीले २७ लाख डलर अर्थात् ३२ करोड ४३ लाख रूपैयाँभन्दा बढी भुक्तानी गरेको छ ।