गुगलले अब ल्याउने भएको छ इमोजी किचेनमा व्यापक नयाँ अपडेट

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

२०२० को सुरुवातमा गुगलले जीबोर्डलाई विस्तार गर्न इमोजी किचेन सार्वजनिक गरेको थियो । जसबाट तपाईंले पोस्ट गरेका इमोजीहरुको समायोजनमा आफ्नो इच्छा अनुसारको नयाँ इमोजी स्टिकर बनाउन सक्नुहुन्थ्यो । गुगलले अब इमोजी किचेनमा व्यापक नयाँ अपडेट ल्याउने भएको छ । नयाँ अपडेटले इमोजी किचेनको काम गर्ने तरिकामा परिवर्तन ल्याउने छ । अब धेरै इमोजी अप्सनमा एउटा इमोजी चयन गर्नको सट्टा तपाईले दुई भिन्न इमोजी चयन गरेर त्यसलाई मिलाएर नयाँ इमोजी तयार गर्न सक्नुहुन्छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

नयाँ अपडेटमा इमोजीलाई कस्टमाइज गर्न तपाईं आफैले इमोजी चयन गर्न सक्नुहुन्छ । अब गुगलले तपाईंलाई हस्तक्षेप गर्दैन । तपाईंले दुई उस्तै इमोजी चयन गरेर पनि त्यसको ‘एक्सट्रिम भर्सन’ तयार गर्न सक्नुहुन्छ । अहिलेको पुरानो भर्सनको इमोजी किचेनले सबै इमोजीमा स्वतः काम गर्दैन । यसमा कतिपय इमोजीलाई तपाईंले समायोजन गर्न सक्नुहुँदैन । तर यो परिवर्तन हुने देखिन्छ । नयाँ अपडेटले तपाईंलाई धेरै आइनकहरुलाई परिस्कृत गर्न सहयोग गर्दछ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

उदाहरणका लागि तपाईंले बाँदर र फूलको छुट्टाछुट्टै इमोजीलाई मिलाएर एउटा कम्बो इमोजी बनाउन सक्नुहुन्छ । अहिले जीबोर्डमा यो नयाँ अपडेट बेटा भर्सनमा चलिरहेको छ । नयाँ इमोजी एन्ड्रोइड इलाभेनमा उपलब्ध छ । जब तपाई नयाँ अपरेटिङ सिस्टममा अपग्रेड गर्नुहुन्छ तब तपाईले सबै एन्ड्रोइड इमोजीलाई प्रयोग गर्नसक्नुहुन्छ । तर एन्ड्रोइड इलाभेन अहिले सबै फोनमा उपलब्ध छैन । यदि तपाई पिक्सल फोन प्रयोगकर्ता हुनुहुन्छ भने यो अपग्रेड तपाईलाई उपलब्ध हुनेछ । अन्य स्मार्टफोनमा भने २०२१ को सुरुवातमा यो अपग्रेड आउनेछ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु