गुगलले एन्ड्रोइड प्रयोगकर्तालाई गुगल क्रोम ब्राउजर अपडेट गर्न अनुरोध

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 15
  •  
  •  
  •  
  •  
    15
    Shares

एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताका लागि सबैभन्दा ठूलो चुनौती भनेकै अनेक किसिमका बग र मालवेयरबाट जोगिनुमा हुन्छ । गुगलले आफ्नो सिस्टममा भएको कुनै बग फेला पर्ने बित्तिकै आफ्ना प्रयोगकर्तालाई अलर्ट दिने गर्दछ । एकपटक फेरि गुगलले एन्ड्रोइड प्रयोगकर्तालाई चेतावनी दिएको छ र गुगल क्रोम ब्राउजर अपडेट गर्न भनेको छ । गुगलको तर्फबाट ब्राउजरमा जिरो-डे बगलाई प्याच गरिएकाले ब्राउजर अपडेट गर्न अनुरोध गरिएको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सर्च इन्जिन कम्पनी गुगलले क्रोम ब्राउजरमा रहेको बगको सहयोगमा साइबर आक्रमणकारीले प्रयोगकर्तालाई नोक्सान पुर्याउने सक्ने भन्दै एप अपडेट गर्न सचेत गराएको हो । जेडडीनेटको रिपोर्ट अनुसार पत्ता लागेको बगका कारण आक्रमणकारीलाई क्रोम सेक्युरिटी स्यान्डबक्स बाइपास गर्ने विकल्प मिलेको थियो । यसरी साइबर हमलाकारीले अपरेटिङ सिस्टममा कोड रन गराउन सक्दछन् र प्रयोगकर्तालाई थाहै नहुने गरी थुप्रै परिवर्तन गरिदिन सक्छन् । यो बग विण्डोजमा समेत भेटिएको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यस्तै गुगलले क्रोम फर एन्ड्रोइड ब्राउजरका लागि सेक्युरिटी अपडेट रिलिज गरेको छ । रिपोर्ट अनुसार क्रोम फर एन्ड्रोइड भर्सन ८६.०.४२४०.१८५ रिलिज गरिएको छ र यसमा सीभीई-२०२०-१६०१० बगलाई फिक्स गरिएको छ । गत महिना समेत गुगलको सेक्युरिटी रिसर्चरले माइक्रोसफ्ट विण्डोज अपरेटिङ सिस्टममा समेत एउटा जिरो डे भल्नरेबिलिटीको पत्ता लगाएका थिए । प्रोजेक्ट जिरोका प्राविधिक प्रमुख बेन हक्सले यो कमजोरी विण्डोजका लागि समेत १० नोभेम्बरसम्म फिक्स गरिने बताएका छन् । जिरो डेसँग जोडिएका कमजोरीको सहयोगमा ह्याकरले तपाईंको स्मार्टफोन तथा सिस्टमको सेटिङमा परिवर्तन गर्न सक्दछन् ।

यसको अर्थ तपाईंले थाहा नपाउने गरी तपाईंको व्यक्तिगत डेटा चोरी गरेर लिक गर्न सक्ने जोखिम समेत रहन्छ । यसबाहेक बैंकिङ विवरणको सहयोगमा तपाईंको खाता समेत क्षणभरमै रित्तिन पनि सक्छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु