गुगलले चीनसँग सम्बन्ध रहेका विभिन्न २५ सय वटा युट्युब अकाउन्ट हटायो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

गुगलले चीनसँग सम्बन्ध रहेका विभिन्न २५ सय वटा युट्युब अकाउन्ट हटाइदिएको छ ।
युट्युबको प्लाटर्फममार्फत् गलत जानकारीको प्रसारलाई रोक्ने संघर्षमा रहेको गुगलले सोही कदमका रुपमा गत अप्रिलदेखि जुन महिनासम्मको अवधिमा यति धेरै संख्यामा युट्युब अकाउन्टहरु डिलिट गरिदिएको हो ।
डिलिट गरिएका अकाउन्ट मध्ये अधिकांशमा गलत तथ्ययुक्त तथा गैरराजनीतिक सामग्रीहरु रहेको र कतिपयमा चाहिँ राजनीतिक सामग्रीहरुसमेत रहेको गार्जियनले जनाएको छ । गुगलका अनुसार चीन तथा रुसलगायतका देशसँग जोडिएका र विभिन्न खाले प्रभाव जमाउनका लागि गलत सामग्रीहरुको सहारा लिएर समन्वयात्मक ढंगले सञ्चालित युट्युब च्यानलहरु हटाइएको हो ।
पछिल्लो समयमा चीन र अमेरिकाबीचको सम्बन्ध तनावपूर्ण बन्दै गएको र चिनियाँ एप टिकटकको भविष्य अमेरिकामा अनिश्चित देखिँदै गएको अवस्थामा गुगलले यस कदमलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ ।
आगामी सेप्टेम्बर १५ सम्ममा माइक्रोसफ्टले खरिद गर्ने सम्झौता नटुंगिएमा टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने तयारी राष्ट्रपति डोनाल्ड ट्रम्पको रहेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले अविश्वसनीय चिनियाँ एपहरुलाई लगाउने नेटवर्क सफाइ अभियानको घोषणा गरिसकेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु