गुगलको भिडिओ कम्युनिकेसन सेवा ‘गुगल डुओ’ र ‘मिट’ मा सन् २०२० दस खर्ब मिनेटभन्दा बढी भिडिओ कल भएको छ। टेक हिन्दुस्तानका अनुसार गुगलको यी दुई भिडिओ कलिङ प्लेटफर्ममा यो वर्षभित्र विश्वव्यापी रूपमा दस खर्ब मिनेटभन्दा बढी भिडिओ कल भएका हुन्। कोरोना महामारी बेला सबैजना घरमै बसेर भिडिओ कल मार्फत काम गर्ने र पढ्ने भएकाले गुगल भिडिओ कलिङ प्लेटफर्मको प्रयोग एकदमै बढेको कम्पनीले आफ्नो ब्लग पोस्टमा लेखेको छ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
गुगल एप प्रयोगकर्ताको संख्या हरेक दिन दस करोडले बढेको छ। यो वर्षको तेस्रो त्रैमासिकसम्म करिब २० करोड मिलियन यसका प्रयोगकर्ता थिए। केही समयअघि कम्पनीले जिमेलमा ‘मिट ट्याब’ विकल्प राखेको थियो। जसबाट प्रयोगकर्ताले एक क्लिकमा आफ्नो इमेलमार्फत् सिधै गुगल मिट खोल्न सक्छन्। गुगलले यस भिडिओ सेवामा प्रश्न–उत्तर र हात उठाउने फिचर पनि ल्याएको थियो। धेरै संख्या भएको भिडिओ बैठकमा प्रयोगकर्ताले यी फिचर मार्फत सजिलै अन्तरक्रिया गर्न सक्छन्। सन् २०२१ मार्च ३१ बाट भने गुगल मिटको समय अवधि असिमित हुने बताइएको छ। जसले गर्दा छुट्टिका बेला सबै घरमै बसेर परिवारसँग मज्जाले लामो भिडिओ कल गर्न सक्ने टेक हिन्दुस्तानको भनाइ छ।



JUNGLE






from the
city


