गुल्मीका कोरोना संक्रमितको अवस्था स्थिर, उपचाररत अस्पतालले स्पष्ट

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

गुल्मीका कोरोना संक्रमितको अवस्था स्थिर रहेको उनी उपचाररत अस्पतालले स्पष्ट पारेको छ ।
रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पतालका अध्यक्ष चिन्तामणि पाण्डेले बिरामीको अवस्था स्थिर रहेको र अहिले आईसीयू कक्षमा भेन्टिलेटर सपोर्टमा उपचार भइरहेको रातोपाटील जानकारी दिए । उनले भने, ‘बिरामीको मृत्यु भएको भन्ने हल्लामात्रै हो । उहाँको आईसीयू कक्षमा भेन्टिलेटर सपोर्टमा उपचार भइरहेको छ ।’
अस्पतालले मृत्यु भएको भनेर पुष्टि नगरेको भन्दै उनले आफूहरुले यसबारे स्पष्ट पार्न विज्ञप्ति जारी गर्न लागेको पनि बताए । बिरामीमा कोरोना संक्रमण पुष्टि भएसँगै अस्पताल व्यवस्थापनले संक्रमितलाई कोरोना विशेष अस्पतालमा लैजान समेत सुझाएको तर सरकारी निकायबाटै यहीँ उपचार गर्ने भनेपनि आफूहरुले उपचार गरिरहेको उनको भनाइ छ । गम्भीर अवस्थामा रहेका बिरामीलाई आफ्नो अस्पतालले निको पार्न हरतरह प्रयास जारी रहेको भन्दै उनले अस्पतालले पुष्टि नगर्दासम्म धैर्य गरिदिन आग्रह गरे ।
यसैगरी प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले पनि बिरामी जिवितै रहेको पुष्टि गरे । तर बिरामीको अवस्था स्थिर र भेन्टिलेटरमा राखिएको स्पष्ट पार्दै उनले आफूलाई उदृत गर्दै केही सञ्चारमाध्यममा समाचार प्रकाशित भएको समाचारप्रति आपत्ति जनाए । उनले भने, ‘बिरामी जिवित, अवस्था स्थिर र भेन्टिलेटरमा राखिएको छ । अनावश्यक हल्ला फैलिएपछि मैले अस्पताललाई विज्ञप्ति निकालेर स्पष्ट पार्न निर्देशन दिइसकेको छु । केही बेरमा विज्ञप्ति आउँछ ।’

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु