गुल्मी । गुल्मीको इस्मा गाँउपालिका १ कोे छिनुवा खोला नजिकै होटल सञ्चालन गर्दै आएका एक ब्यक्तिको अज्ञात समुहको आक्रमणबाट मृत्यु भएको छ। गएराती अज्ञात समूहले लुटपाट गरी कुटपिट गरेकोे कारण सोही गाउँपालिका वडा नं २ हस्तिचौर घर भएका २३ वर्षीय मोतिबहादुर कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार बिहान कुँवर घाइते र अचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी प्रविणलाल श्रेष्ठले जानकारी दिए ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
मोति र दाजु यमबहादुर कुँवरले संयुक्त रुपमा होटल सञ्चालन गर्दै आएका थिए । यम बहादुरले आफु साँझ ९ बजे घर गएको र बिहान आउँदा भाईलाई रक्ताम्मे र अचेत अवस्थामा फेला पारेको बताए । कुटपिटबाटै ज्यान गएकाले थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक श्रेष्ठको भनाई छ । अचेत कुँवरलाई उपचारको लागि जिल्ला अस्पताल तम्घास ल्याउने क्रममा बाटोमै ज्यान गएको हो । अस्पताल ल्याउँदा मृत्यु भइसकेकोले आफुहरुले मृत्यु घोषणा मात्रै गरेको गुल्मी अस्पतालका प्रमुख डा.उत्तम पच्याले बताए । घटनाबारे अनुसन्धान भइरहेको छ ।