गृहमन्त्री थापा राहत सामग्री लिएर गए सिन्धुपाल्चोक

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 28
  •  
  •  
  •  
  •  
    28
    Shares

 
श्रावण ३०, काठमाडौं । राहत सामग्री लिएर गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सिन्धुपाल्चोकको पहिरो गएको जुगल गाउँपालिका गएका छन् । गृहमन्त्री थापा नेपाली सेनाको हेलिकप्टरमा सिन्धुपाल्चोक गएका हुन् ।
टोलीमा गृहसचिव महेश्वर न्यौपाने, विपद व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललगायत पनि छन् ।
गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईका अनुसार दैनिक उपभोग्य वस्तु, टेन्ट, त्रिपाल लगायत लिएर टोली पहिरो गएको स्थलतर्फ जाँदैछ । उनले भने, ‘चौतारामा अवतरण गरेका छौं, यहाँबाट पहिरो गएको स्थानतर्फ हिँडिसक्यौं ।’
शुक्रबार बिहान ६ बजेतिर आएको पहिरोमा २२ घर पुरिँदा जुगल गाउँपालिकामा ३८ जना बेपत्ता भएका छन् । उनीहरुको खोजी तथा उद्दार कार्य जारी छ ।
यसअघि १९ साउनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको थियो । त्यस्तै, २४ असारमा गएको बाढी पहिरोमा परेर बेपत्ता भएका २२ जना अझै फेला परेका छैनन् ।
 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु