भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको नयाँ मोडालिटी तय हुने भएको छ। विमानस्थल निर्माणकै क्रममा सरकारले यसअघि विदेशी विमानस्थल व्यवस्थापनलाई जिम्मेवारी दिने निर्णय गरेपनि अन्तिममा आएर रोकिएको थियो। जर्मन कम्पनी म्युनिख एयरपोर्टसँग सम्झौता हुने चरणमा पुगेको बेला अर्थमन्त्रालयले सहमति नदिएर प्रक्रिया रोकिएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ प्रक्रिया सुरु गर्ने भएको छ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण मार्फत् गौतमबुद्ध विमानस्थलको सञ्चालनमा विदेशी व्यवस्थापन ल्याउनका लागि तयारी गराइरहेको छ। खुला प्रतिस्पर्धाको माध्यमबाट विमानस्थल सञ्चालनको जिम्मेवारी दिने निष्कर्षमा प्राधिकरणले अहिले तयारी गरिरहेको छ। सञ्चालनमा आएपछि आम्दानीको बाँडफाँड, व्यवस्थापकको क्षेत्रकाधिकार, करारको प्रकृतिका बारेमा अहिले प्राधिकरणले अध्ययन गरिरहेको छ।



JUNGLE






from the
city



हाल टेन्डर दस्तावेज तयार पार्नका लागि प्राधिकरणले अध्ययन गरिरहेको छ। प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार काठमाडौं र पोखरा विमानस्थल सरकारी निकायले नै सञ्चालन गरेपनि नमुनका रुपमा भैरहवामा विदेशी ल्याउन उपयुक्त हुने सरकारी निर्णयअनुसार आफूहरुले अहिले अध्ययन गरिरहेको बताए। ुसरकारको निर्देशनअनुसार हामीले छलफल तथा तयारी गरिरहेका छौं। विमानस्थल सञ्चालनका लागि तयार हुनेबेलासम्म विदेशी व्यवस्थापनका लागि पनि सम्झौता हुनेगरी हामीले काम गरिरहेका छौु उनले भने।
यसअघि पूर्वपर्यटनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारी मन्त्री हुँदा जर्मन कम्पनी म्यानिखसँग छलफल सुरु भएको थियो। सम्झौताको अन्तिम चरणमा पुगेको बेला सेक्युरिटी प्रेसमा जस्तै प्रश्न उठ्ने डरले सरकार पछि हटेको थियो। उक्त प्रक्रियाबाट सरकार पछाडि हटेपछि प्राधिकरण आफैंले विमानस्थल सञ्चालन गर्नेभन्दै विभिन्न दरबन्दी सिर्जना पनि गरिसकेको छ।विमानस्थल निर्माणको काम भने गएको एक वर्षदेखि रोकिएको छ। चीन, मलेसिया तथा थाइल्यान्डबाट प्राविधिक कामदार नआउँदा निर्माण ठप्प भएको छ। सन् २०२१ को जुलाइसम्म निर्माणको काम सकिएपछि सन् २०२१ को अन्तिमसम्म विमानस्थलमा व्यवासायिक सञ्चालन हुने प्राधिकरणको विश्वास रहेको छ।