सामसङले आफ्नो ग्यालेक्सी नोट सिरिज बन्द गर्नुअघि अर्को वर्ष एउटा अन्तिम मोडल सार्वजनिक गर्ने तयारी गरेको छ । सामसङले ग्यालेक्सी एस र नोट लाइनलाई मिलाई एस पेन थप गरेर नयाँ मोडल सार्वजनिक गर्नेछ । यो नयाँ फोन ग्यालेक्सी नोट सिरिजकै मोडल ग्यालेक्सी नोट २१ हुने र अर्को वर्षसम्म सार्वजनिक हुन सक्ने कोरियाली मिडिया ईटी न्युजले लेखेको छ । यसअघि सामसङले आफ्नो नोट सिरिजलाई बन्द गर्ने समाचारहरु बाहिर आइरहेका छन् । सामसङले नोट सिरिजलाई बन्द गरेर ग्यालेक्सी एस २१ अल्ट्रा र ग्यालेक्सी जेड फोल्ड थ्रीमा एस पेन थप गर्ने खबर गत हप्ता आएको थियो ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
सामसङको यो मोडल २०२१ को अन्तिम ६ महिनाभित्र आउन सक्ने सामसङको एक भित्री स्रोतले उल्लेख गरेको सो समाचारमा जनाइएको छ । तर सामसङले २०२१ मा आफ्नो नोट सिरिजमा भन्दा पनि फोल्डेबल फोनमा केन्द्रित रहेर काम गर्ने देखिएको छ । २०२१ मा सामसङले फोल्डेबल फोनहरुमा काम गर्ने खबरहरु आइरहेका छन् । कम्पनीले अल्ट्रा थिन ग्लासको रिसर्च तथा विकासमा काम गर्ने बताइएको छ ।



JUNGLE






from the
city


