श्रावण २३, काठमाडौं । शुक्रबारदेखि लागू हुने गरी कुखुराको मासुको मूल्य घटेको पोल्ट्री संघले जनाएको छ ।
संघले शुक्रबारदेखि लागू हुने गरी नयाँ मूल्य सूची सार्वजनिक गरेको छ । संघका अनुसार कुखुराको मासु प्रतिकेजी ३ सय ३० रुपैयाँ तोकिएको छ ।
लकडाउनका कारण आपूर्ति नहुँदा कुखुराको मासुको मूल्य ४ सयको हाराहारीमा पुगेको थियो । साउन दोस्रो सातादेखि बजारमा कुखुराको आपूर्ति पनि बढेको छ ।
आपूर्ति बढेसँगै मासुको मूल्य घटेको छ । संघका अनुसार जिउदोको मूल्य प्रतिवटा ३० रुपैयाँले घटेको छ ।