चन्द्रागिरि नगरपालिकाद्वारा नागढुङ्गा–कलङ्की सडकखण्डमा सीसी क्यामरा जडान

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 17
  •  
  •  
  •  
  •  
    17
    Shares

चन्द्रागिरि नगरपालिकाले नागढुङ्गा–कलङ्की सडकखण्डमा अत्याधुनिक प्रविधिको सीसी क्यामरा जडान गरेको छ । काठमाडौं उपत्यकाको मुख्यद्वारमा रहेको चन्द्रागिरि नगरपालिकाले शान्ति सुरक्षालाई चुस्तदुरुस्त ढङ्गले सञ्चालन गर्नका लागि मुख्य राजमार्ग क्षेत्रमा सीसी क्यामरा जडान गरेको हो । नगरपालिकाका प्रमुख घनश्याम गिरीले राजमार्ग क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि नगरपालिकाको रु एक करोड लागतमा अत्याधुनिक प्रविधिको सिसी क्यामरा जडान गरिएको जानकारी दिए । “सिसी क्यामरा जडानसँगै नागढुङ्गा–कलङ्की क्षेत्रमा सडक अनुशासन कायम गर्न सहयोग पुग्ने विश्वास हामीले लिएका छौँ”, नगरप्रमुख गिरिले भने ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

नगरपालिकाको वडा नं २ नागढुङ्गादेखि वडा नं १५ कलङ्कीसम्म राजमार्ग क्षेत्रमा ६७ क्यामरा जडान भएका छन् । उक्त क्यामराको निरीक्षण महानगरीय प्रहरी कार्यालय रानीपोखरीले गर्ने नगरपालिकाले जनाएको छ । राजमार्ग क्षेत्रमा चन्द्रागिरीको ११ वडा पर्दछन् । चन्द्रागिरी नगरपालिका वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो । यस नगरपालिकामा १५ वडा रहेका छन् । नगरपालिकाका प्रवक्ता एवम् वडा नं ११ का वडाध्यक्ष हरिभक्त महर्जनले चन्द्रागिरिले सबै वडामा सीसी क्यामरा जडान गर्ने बताए । मुख्य राजमार्ग क्षेत्रमा नगरपालिकाले सीसी क्यामरा जडान गरेपनि भित्रि बाटोमा भने वडाले सीसी क्यामरा जडान गर्ने प्रवक्ता महर्जनको भनाइ छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु