चलचित्र ‘दि इन्टर्न’मा अमिताभ र दीपिका एकसाथ काम गर्दै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

गतबर्षको जनवरी महिनामा हिन्दी चलचित्र ‘दि इन्टर्न’को निर्माण घोषणा गरिएको थियो । हलिउड चलचित्रको रिमेकको रुपमा बन्न लागेको यो बलिउड चलचित्रलाई नायिका दीपिका पादुकोणले निर्माण गर्दैछिन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यो चलचित्रमा नायिका पादुकोणसँगै कलाकार ऋषि कपुरको मुख्य भूमिका रहने घोषणा गरिएको थियो । तर, गतबर्षको अप्रिल महिनामा कलाकार ऋषि कपुरको निधन भयो । उनको निधन भएपछि चलचित्र बन्ने वा नबन्ने नै अलमलमा थियो । तर, अब भने यो चलचित्र निर्माणको प्रक्रिया अगाडि बढेको छ । चलचित्रमा ऋषि कपुरको ठाउँमा नायक अमिताभ बच्चनले काम गर्ने पक्का भएको छ । नायिका तथा निर्मात्री दीपिकाले एउटा पोष्टर सार्वजनिक गर्दै लेखेकी छिन्–‘मेरो सबैभन्दा विशेष सहकर्मी कलाकारसँग दोश्रो पटक काम गर्ने सम्मान मिलेको छ । म दि इन्टर्नको हिन्दी रिमेकमा अमिताभ बच्चनलाई स्वागत गर्न चाहन्छु ।’

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यो एक कमेडी ड्रामा हो । सन् २०१५ मा रिलिज भएको हलिउड चलचित्रले दर्शकको मन जितेको थियो । श्रीमती नभएको एक ७० बर्षीय पुरुष अनलाइन फेसन वेवसाइटमा इन्टर्नको रुपमा काम गर्न पुगेपछि कथा अगाडि बढ्नेछ । नायिका पादुकोण र सुनिर खेत्रपालले यो चलचित्र निर्माण गर्दैछन् । यसअघि दीपिकाले आफ्नो प्रोडक्शनबाट ‘छपाक’ नामक चलचित्र निर्माण गरेकी थिइन् ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु