चिनियाँ अर्बपति ज्याक मा करिब तीन महिनापछि सार्वजनिक कार्यक्रममा देखिए

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

चिनियाँ अर्बपति ज्याक मा करिब तीन महिनापछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । चिनियाँ सञ्चारमाध्यमका माले बुधबार १०० जना ग्रामीण शिक्षकहरुलाई सम्बोधन गरेको उल्लेख गरेका छन् । चेचियाङ प्रान्तको तियान्मु न्युजलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यमले गत अक्टोबर २४ पछि मा पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएको बताएका छन् । शिक्षकहरूलाई सम्बोधनका क्रममा माले चिनियाँ व्यवसायीहरूले ग्रामीण उत्थान र साझा समृद्धिको पक्षमा काम गर्नुपर्ने बताएका छन् । ‘कोभिड-१९ महामारीपछि हामी फेरि भेट्नेछौं,’ माको भनाइ उद्धृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ ।।ु उक्त कार्यक्रम ज्याक मा फाउन्डेसनले सन् २०१५ बाट सुरु गरेको वार्षिक कार्यक्रमकै निरन्तरता हो । यसअघि उक्त कार्यक्रम हैनान प्रान्तको सान्यामा हुँदै आएको थियो । कोरोना महामारीका कारण यस पटक भने उक्त कार्यक्रम अनलाइन माध्यमबाट आयोजना गरिएको जनाइएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

केही महिनादेखि सार्वजनिक रुपमा नदेखिएका कारण ज्याक मा हराएको आशंका गरिएको थियो । अलिबाबाका संस्थापकसमेत रहेका मा करिब २ महिनादेखि सार्वजनिक रुपमा देखा परेका थिएनन् । केही हप्ताअघि सम्पन्न ट्यालेन्ट सो ‘अफ्रिका बिजनेस हिरोज’ मा सहभागी हुने कार्यक्रम तय भए पनि ज्याक मा उपस्थित भएनन् । १५ लाख अमेरिकी डलर पुरस्कार रहेको उक्त सोको निर्णायकमा मा पनि रहने बताइएको थियो । पछि उक्त सोको वेबसाइटबाट उनको नाम र तस्बिर हटाइएको थियो । अलिबाबाका प्रवक्ताले त्यतिबेला माले व्यस्त तालिकाका कारण निणार्यकमा सहभागिता जनाउन नसकेको बताएका थिए । गत अक्टोबर २४ मा सांघाईमा दिएको एउटा ‘विवादित’ अभिव्यक्तिपछि माको व्यावसायिक एन्ट ग्रुप चिनियाँ नियमनकारी निकायको निगरानीमा रहेको बताइएको छ । उनले भनेका थिए, ‘अहिलेको अर्थ व्यवस्था औद्योगिक युगको लिगेसी हो । हामीले नयाँ पुस्ता र युवाहरुका लागि नयाँ व्यवस्था खडा गर्नुपर्छ । हामीले वर्तमान प्रणालीमा सुधार ल्याउनुपर्छ ।’

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

गत डिसेम्बरमा चिनियाँ अधिकारीहरुले एन्ट ग्रुपमाथि एकाधिकारविरुद्धको अनुसन्धान गर्दै कम्पनीलाई पुनस्संरचना गर्न निर्देशन दिएको थियो । माले कोरोना महामारीका बीच युरोप, अमेरिका र विश्व स्वास्थ्य (डब्लूएचओ) लाई मास्कलगायतका विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेका थिए । सामाजिक सञ्जालमा अपडेट भइरहने माले अक्टोबर १० यता ट्वीट पनि गरेका छैनन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु