चिनियाँ ब्राण्ड ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । कम्पनीले फ्ल्यागशिप मोडल अन्तर्गत ओप्पो एफ १७ प्रो स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गर्ने भएको हो । तीन दिनघि मात्र २२,९९० भारतीय रुपैयाँमा भारतमा ओप्पो एफ १७ सार्वजनिक भएको छ । ओप्पोका अनुसार फोन अल्ट्रा स्लिक, फेशनेबल डिजाइन तथा अत्याधुनिक प्रविधिका साथ आएको छ । ६.४३ इन्चको डिस्प्ले रहेको फोनमा ६ ओटा क्यामेरा रहनेछ । यसमा चारवटा रियर र २ ओटा सेल्फी क्यामेरा रहेको छ । यसमा ६० हर्ज सहित एमोलेड डिस्प्ले रहेको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
यसमा चिपको रुपमा मिडिया टेक हेलियो पी९५ प्रयोग गरिएको छ । ८ जीबी र्याम र १२८ जीबी इन्टर्नल स्टोरेजमा उपलब्ध हुने फोन एन्ड्रोइड टेन आधारित कलर ओएस ७।२ युजर इन्टरफेस प्रयोग गरिएको छ । यो फोनमा ४०१५ एमएएचको ब्याट्री प्रयोग गरिएको छ । कम्पनीले सार्वजनिक हुने मिति नखुालए पनि चाँडै नेपाली बजारमा उपलब्ध हुने जनाएको छ ।



JUNGLE






from the
city


