चिनियाँ सेनाले सार्वजनिक गर्यो ग्रिनेड प्रहार गर्ने दुईवटा नयाँ सैन्य ड्रोन

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

चिनियाँ सेनाले दुईवटा ग्रिनेड प्रहार गर्ने नयाँ सैन्य ड्रोन सार्वजनिक गरेको छ । दक्षिणी चीनमा भएको सैन्य अभ्यासका क्रममा यो हतियार देखिएको हो । यस ड्रोनले निर्देशित हतियार प्रहार गर्न सक्छ र अनेकौं किसिमका मिसन पूरा गर्न सक्छ । यसले रणनीतिक खोजी तथा आकाशमै अन्य हतियार रोक्ने काम समेत गर्न सक्छ । चीनले अमेरिकासँगको प्रतिस्पर्धामा सैन्य ड्रोनहरूको निर्माण द्रुत गतिमा अघि बढाएको छ । उससँग एके–४७ राइफल जडान गरिएका चालकरहित फाइटर जेट छन् अनि ३५ घन्टासम्म लगातार उड्न सक्ने खतरनाक ड्रोन बमवर्षकहरू पनि छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

नयाँ ड्रोन उपयोग गरिएको सैन्य अभ्यास युन्नान प्रान्तको वर्षावनमा गरिएको बताइएको छ । यस ड्रोनलाई हारवार नामक चिनियाँ कम्पनीले बनाएको हो । उक्त कम्पनीले विशेष उपकरण सहितको ड्रोन बनाउने गरेको छ । यस ड्रोनमा ५ हजार ८ सय ३५ मिटरमाथिसम्म उड्न सक्ने र २५ किलोग्रामसम्मको तौल बोक्न सक्ने क्षमता छ । यसले प्रतिसेकेन्ड १७।१ मिटरसम्म गतिको हावाको प्रवाहलाई पनि थेग्न सक्छ र माइनस ४० देखि ८५ डिग्री सेल्सियससम्मको तापक्रमलाई पनि सहन सक्छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु