चीनको चिङ्दाओ नगरमा १ करोड भन्दा धेरै मानिसको कोरोना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

चीनको चिङ्दाओ नगरमा ४ दिनमा १ करोड भन्दा धेरै मानिसको कोरोना परीक्षण भएको छ । गएको हप्ता १३ जनामा कोरोना भाइरस पुष्टि भएपछि सहरका सबै बासिन्दाको परीक्षण गर्ने निर्णय अनुसार पछिल्लो ४ दिनमा १० दशमलव १६ मिलियन अर्थात १ करोड १६ लाख जनाको परीक्षण भएको बेलायती पत्रिका डेलिमेलले जनाएको छ । चिङदाओका उपमेयर चिउ चिङदाओले गएको सोमबारदेखि बिहीबारसम्म झण्डै १ करोड १६ लाख मानिसमा कोरोना परीक्षण गरिएको र कुनै पनि नयाँ सङ्क्रमित नदेखिएको बताएका छन् । गएको मे महिनामा पनि चीनले कोरोना भाइरसको उद्गमस्थल मानिएको हुबेई प्रान्तको वुहान सहरका एक करोड १० लाख नागरिकको कोरोना परीक्षण गरेको थियो । कोरोना भाइरसको सङ्क्रमण चीनबाट फैलिन सुरु भए पनि अहिले त्यहाँ सङ्क्रमण नियन्त्रणतर्फ गइसकेको छ । तर विश्वका धेरै जसो देशमा कोरोना भाइरसको महामारी बढिरहेको छ र अझै पनि लकडाउन लगाइएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु