चीनको राजधानी बेइजिङमा लकडाउन अझ विस्तार

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

चीनमा लगातार कोरोना संक्रमितको संख्या थपिन थालेपछि चीनको राजधानी बेइजिङमा लकडाउन अझ विस्तार गरिएको छ । दैनिक संक्रमित बढ्न थालेकोपछि बेइजिङमा लकडाउन विस्तार गरिएको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार २४ घन्टाको अवधिमा चीनमा ४० जना नयाँ संक्रमित थपिएका छन् । चीनमा पछिल्लो तीन दिनदेखि पुनः कोरोना संक्रमितको संख्या बढ्न थालेको हो । आइतबार पनि चीनमा ४९ जना नयाँ कोरोना संक्रमित थपिएका थिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

पछिल्लो समय चीनको राजधानी बेइजिङमा सबैभन्दा बढी कोरोनाका संक्रमित भेटिएक छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार बेइजिङमा सङ्क्रमणका एक सयभन्दा बढी घटना देखिएका छन् । बेइजिङको हेडियान इलाकामा एक थोक बजारमा कोरोना संक्रमित भेटिका थिए । त्यसपछि शनिवारदेखि उक्त बजार र वरिपरिका २१ वटा क्षेत्रमा लकडाउन गरिएको छ ।

उक्त बजारमा काम गर्ने १० हजार कर्मचारीको परीक्षण गर्ने र उक्त बजार पुगेका करिब दुई लाख सर्वसाधारणलाई सम्पर्क गरिएको सरकारी समाचार संस्था सिन्हुआले जनाएको छ । यसअघि गत साता बेइजिङमा रहेको एक खाद्य बजारमा कोरोना संक्रमण पाइएको थियो । सिनफाडी नामको सो बजार संक्रमित पाइएपछि बन्द गरिएको छ ।

खेल र मनोरञ्जनका लागि प्रयोग गरिने इन्डोर भेन्यू सञ्चालनमा रोक लगाइएको छ । विद्यालयहरू पनि बन्द गरिएको छ । राजधानी बेइजिङमा सङ्क्रमणको दोस्रो लहरको त्रास फैलिने ठानिएको छ । गत वर्षको डिसेम्बरमा वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिए पनि चीनले त्यसलाई नियन्त्रणमा लिन सफल भएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु