चीनमा एकै दिनमा कोभिड १९ को ६१ नयाँ केस देखिएको चिनियाँ स्वास्थ्य सेवाका अधिकारीहरुले जानकारी दिएका छन्।
ति संक्रमित मध्य चारवटा मात्र इम्पोर्टेड ‘केस’ देखिएको छ । सोमवार उनीहरुले चीनको मेनल्यान्डमा संक्रमितको संख्या बढेको जानकारी गराएका हुन्।
पहिचान भएका मध्ये ४१ जनामा स्थानीय स्तरबाटै संक्रमण फैलिएको सिन्ह्वाले जनाएको छ। सिनजियाङमा यति धेरै संख्यामा संक्रमित फेला परेका हुन्।
१४ जना संक्रमित लियानिङमा र अन्य दुई जना जिलिनमा भेटिएका नेसनल हेल्थ कमिसनले जनाएको छ।
चीनको सिनजियाङमा एकै दिनमा कोभिड १९ को ६१ नयाँ संक्रमित भेटिए
- सिम्रिक खबर
- • ६ महिना अगाडि