चीनले अमेरिका लक्षित निर्यात नियन्त्रण कानुन बनाएको छ। सिन्ह्वाका अनुसार चीनमा पारित भएको कानुनले चीनको चासोमा हानी पुर्याउने किसिमले निर्यात नियन्त्रणको दुरुपयोग गर्ने देशहरुकाविरुद्ध कारवाही गर्न अनुमति पनि दिनेछ। चीनले कुनै देशको नाम लिएको छैन। यद्यपी पछिल्लो समय अमेरिकाले चिनियाँ प्रविधि कम्पनीमाथि प्रतिबन्धको घोषणा गरेको छ। चिनियाँ प्रविधि सामग्री चीन सरकारको जासुसीको माध्यम भएको अमेरिकी ठहर छ। अमेरिकाले सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ इन्टरनेसनल कोर्प, हुवावे, टेनसेन्टजस्ता कम्पनीका सामग्री निर्यात नगर्ने बताएको छ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
यसबीचमा चीनले पनि निर्यात नियन्त्रणको दुरुपयोग गर्ने र चीनको साचोमा हानी पुर्याउने देशविरुद्ध कदम चाल्न सकिन कानुन बनाएको हो। डिसेम्बर १ देखि लागू हुने भनिएको कानुनअनुसार अब चीनले पनि अमेरिकी सामग्रीमा प्रतिबन्ध लगाउने अनुमान गरिएको छ। पछिल्लो समय अमेरिका र चीनबीच व्यापार, मानवअधिकार, प्रविधि, कोरोना भाइरस लगायतका विषयमा विवाद चर्किएको छ।



JUNGLE






from the
city


