चीनले विकसित गरेको कोभिड–१९ विरुद्धको खोपले पायो मध्य चरण परीक्षणमा सफलता

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 37
  •  
  •  
  •  
  •  
    37
    Shares

चीनले विकसित गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको एउटा खोपले ‘मध्य चरणमा सफलता पाएको’ अनुसन्धानकर्ताले बताएका छन् । सिनोभ्याक बायोटेक नामको समूहले तयार पार्दै गरेको खोपले सात सय जना मानिसमा गरिएको परीक्षणका बेला तीव्र रोग प्रतिरोधी प्रतिक्रिया उत्पन्न भएको बीबीसीले जनाएको छ । चीनमा अहिले विभिन्न खोपहरू तयार गरिँदैछ र तीमध्ये केही खोप मानिसहरूलाई लगाइ पनि सकिएको छ । अमेरिका तथा युरोपेली देशहरूले खोपमा सफलता पाएको खबरहरू सार्वजनिक भइरहँदा बाँकी विश्वले चीनबारे चासो राखिरहेको थियो । यही बेला चीनले पनि खोपमा पाएको सफलता सार्वजनिक गरेको हो । अमेरिका, जर्मनी र रुसमा विकास गरिएका तीन वटा खोपहरूको दशौँ हजारमा गरिएको परीक्षणमा ९० प्रतिशतभन्दा बढी प्रभावकारी देखिएको बताइएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

चीनमा महामारी धेरै हदसम्म नियन्त्रणमा आएको बताइरहँदा चीनमा विकास भइरहेका चार वटा खोपहरूको ठूलो स्तरको परीक्षण पाकिस्तान साउदी अरेबिया, रुस, इण्डोनेसिया र ब्राजिलमा भइरहेको छ । ती खोप ६० हजारभन्दा धेरै मानिसले लगाइसकेको बीबीसीले जनाएको छ । चीनमा कम्तीमा तीन वटा खोप एउटा आपत्कालीन योजनाअनुसार अत्यावश्यक सेवाका कर्मचारीहरूलाई दिइसकिएको छ भने एउटा खोप गएको जुन महिनामा नै चिनियाँ सेनाका लागि प्रयोग गर्न अनुमति दिइएको थियो । एक वर्षअघि पहिलो पटक चीनमा देखा परेको कोरोना भाइरसले अहिलेसम्म विश्वका पाँच करोड ५९ लाख ६७ हजारभन्दा धेरैमा सङ्क्रमण हुँदा १३ लाख ४३ हजार नौ सयभन्दा धेरैको ज्यान गइसकेको छ । तीन करोड ८९ लाख ७७ हजारभन्दा धेरै सङ्क्रमित निको भएका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु