सीमावर्ती हुम्लाबाट स्थलगत अध्ययनका लागि गएको नेपाली टोलीसँग चिनियाँ पक्षले नेपाली भूमिमा नभएर आफ्नै भूमिमा भवनहरू बनाएको दाबी गरेको एक नेपाली अधिकारीले बताएका छन्। चिनियाँ सेनाले उक्त भवनहरू रहेको स्थान आफ्नो भूमाग भएको बताएपछि उक्त विषयमा दुई पक्षबीच वार्ता गर्ने अवस्था नभएको अध्ययन टोलीमा सहभागी नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले बताए। उनका अनुसार नक्सामा भवन बनेको क्षेत्र नाम्खा गाउँपालिकाको भूभागमा देखिन्छ। विगतमा अहिले भवन बनेको ठाउँभन्दा परसम्म गएर नेपाली श्रमिकहरूले बाटो बनाएको उनको भनाइ छ। सबै सुरक्षा निकायका अधिकारीसहित हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा एउटा टोली स्थलगत अध्ययनका लागि गएको थियो। त्यहाँ हराइरहेको सीमा स्तम्भ पहिचान गर्नुपर्ने र उक्त क्षेत्रमा देखिएको सीमा विवाद कूटनीतिक ढङ्गले हल गर्नुपर्ने सुझाव दिने अधिकारीहरूले बताएका छन्।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
स्थलगत अध्ययन – स्थलगत अध्ययन गर्न उक्त टोली हुम्ला सदरमुकाम सिमीकोटबाट चिनियाँ पक्षले भवन बनाएको भनिएको स्थानमा आइतवार पुगेको थियो। त्यस बेला त्यहाँ चिनियाँ प्रहरीहरू बसिरहेको पाइएको र उनीहरूले नेपाली पक्ष आएको भन्दै चिनियाँ सेनालाई बोलाएको गाउँपालिकाका अध्यक्ष तामाङले जानकारी दिए। “भवनहरू बनाएकोभन्दा एक किलोमिटरवर नेपालतर्फको क्षेत्रको भूभाग हाम्रो हो भन्ने चिनियाँ पक्षको भनाइ आयो। हाम्रो ११ नम्बरको पिलर हालसम्म नभेटिएकाले हामीलाई यकिन गर्न गाह्रो भयो। लाप्चा लेकमा रहेको हाम्रो १२ नम्बरको पिलरलाई आधार मान्ने हो भने त्यो भवनहरू बनेको ठाउँ हाम्रै भूमिमा पर्ने देखिन्छ।”



JUNGLE






from the
city



अहिले भवन बनेका भन्दा साढे दुई किलोमिटर उत्तरतिर आफूहरूले बाटो खनेको भन्दै उपभोगका हिसाबले उक्त भूमि नेपाली भएको उनले बताए। प्रमुख जिल्ला अधिकारीसहितको टोलीले लगभग डेढ घण्टा भवनहरू बनेको क्षेत्रमा बिताए पनि सीमा र सुरक्षा हेर्ने सैनिक टोली आएपछि वार्ता गर्न नसकिने भन्दै उनीहरूले नेपाली टोलीलाई फर्काइदिएका थिए। “हाम्रो भूमिमा बसेर कुरा गर्न मिल्दैन। तपाईँहरूकै सीमा क्षेत्रमा फर्किनुहोस् भनेपछि हामी माथि आयौँ। कुरा भएको त्यति हो। हाम्रो नक्सामा कायम छ भनेर उहाँहरूले भन्नुभयो। एघार नम्बरको पिलर फेला नपरेसम्म हामीले केही भन्ने अवस्था रहेन।”
चिनियाँ सेनाको माइकिङ – एउटा ट्याङ्कर, एउटा ट्रक र जीपमा पीपीई सेट लगाएर आएका चिनियाँ सैनिकले त्यहाँ माइकको प्रयोग गरी नेपाली पक्षलाई चिनियाँ भूमिमा कुरा गर्न नमिल्ने र वार्ता नै गर्न मन भए सीमा बिन्दुमा जाऔँ भन्ने प्रस्ताव गरेका थिए। “रोगका कारण नजिक पनि जान नमिल्ने टाढाटाढाबाट कुरा गर्नुपर्ने भएकाले खासै कुरा भएन। उहाँहरूसँग माइक थियो। हामीसँग त्यो पनि थिएन। त्यसमाथि चौबीसै घण्टा हावा लाग्ने डाँडामा कुरा गर्न पनि सहज अवस्था थिएन।” चिनियाँ पक्षले भनेको दुई देशबीचको सीमा ती भवन बनेको ठाउँबाट नेपालतर्फ एक किलोमिटर रहेको जनाएको थियो।
नाम्खा गाउँपालिका वार्ड नम्बर ६ लालुङ्जोङमा रहेको उक्त स्थानमा चीनले केही वर्षअघि दुईवटा भवनहरू बनाएको थियो। ईँटबाट बनेका प्लास्टर गरिएका भवनहरू त्यतिकै छाडिएको भए पनि यो वर्ष ११ वटा भवन बनाएर पर्खाल लगाएको र सोलार पनि जडान गरेको अध्ययन टोलीले पाएको थियो। तामाङले आफूले चिनियाँ प्रहरीलाई सैनिक राख्न भवन बनाइएको हो वा होइन भनेर सोधेको र त्यसको जबाफमा एक तिब्बती मूलका प्रहरीले व्यापारिक प्रयोजनका लागि ती भवन बनाइएको जानकारी दिएको उल्लेख गरे। प्रमुख जिल्ला अधिकारी गिरीले नेतृत्वको टोलीमा चिनियाँ पक्षले भवन बनाएको स्थानसम्म पुगेको टोलीमा नेपाली सेनाका सात जना र सशस्त्र प्रहरीका १४ जना सहभागी रहेको बीबीसीले जनाएको छ ।