सुरक्षाको कारण देखाउँदै भारतले विगत केही समयदेखि चिनियाँ एपमाथि प्रतिबन्ध लगाइरहेको छ । गत हप्ता पनि थप ४३ वटा चिनियाँ मोबाइल एप बन्द गर्ने निर्णय गरेसँगै हालसम्म झन्डै २ सय २० भन्दा बढी एप प्रतिबन्धमा परेका छन् । यसरी प्रतिबन्धमा परेका एपमा टिकटक, विच्याट, पब्जी, बैडु, अलिबाबा एक्सप्रेस लगायतका चर्चित एप समावेश भएका छन् । भारतको सूचना प्रविधि मन्त्रालयले एप्लिकेसन उद्योगलाई लक्षित गर्दै लगाएको प्रतिबन्ध यो चौंथो पटक हो ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
मन्त्रालयले भारतको साइबर सुरक्षा र राष्ट्रियताका लागि यस्तो निर्णय गरिएको उल्लेख गर्दै आएको छ । मोबाइल एपको दुरुपयोग धेरै भएको घटना आएसँगै एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध यस्ता एपहरूमा प्रतिबन्ध लगाउनुपरेको मन्त्रालयले बताउँदै आएको छ । देशको सार्वभौमिकता र अखण्डतामा आँच आउने भन्दै भारत सरकारले गत हप्ता थप ४३ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएसँगै यो विषयमा भारतमा रहेको चिनियाँ राजदुतावासले बोलेको छ । राजदुतावासका प्रवक्ता जी रोङले भनेका छन, ‘सुरक्षाको विषयभन्दा भारत सरकारले पटक पटक एपमाथि प्रतिबन्ध लगाउनु जायज छैन ।’



JUNGLE






from the
city



हामी चाहन्छौं भारत सरकारले सबै देशलाई व्यवसायको लागि एउटै खालको वातावरण सिर्जना गरोस् । उनले भनेका छन, ‘यसरी भेदभाव गर्नुले डब्लुटीओको मान्यतामाथि पनि आँच आएको छ । चीन र भारत एक अर्काको लागि चुनौतीभन्दा पनि विकास गर्ने अवसर हुन् ।’