चैत्रयता बन्द रहेको फिल्म हल भोलि शुक्रबारबाट खुल्ने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

गत वर्षको चैत्रयता बन्द रहेको फिल्म हल भोलि शुक्रबारबाट खुल्दैछ । नेपाल चलचित्र संघको घोषणा अनुसार शुक्रबारबाट फिल्म हल खुल्न लागेको हो । फिल्म रिलिजका लागि अहिले अधिकांश हलले आन्तरिक तयारी गरिसकेको नेपाल चलचित्र संघले जनाएको छ । लामो समयदेखि बन्द रहेको फिल्म हल खुल्दा पहिले कुन फिल्म रिलिज होला त रु सबैको चासोको विषय अहिले यही रहेको छ । नेपाल चलचित्र संघका महासचिव अशोक शर्मा भोलिबाट पुरानै फिल्म ‘आमा’ र ‘सेन्टी भाइरस’ लगाउने तयारी रहेको बताउँछन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

‘कोरोनाको कारणले लकडाउन हुन अगाडि रिलिज भएको फिल्म ‘आमा’ र ‘सेन्टी भाइरस’नै हल खुल्दा लाग्ने पहिलो फिल्म हो’ शर्माले भने, ‘एक दुईटा अंग्रेजी फिल्म पनि आउन सक्छ ।’ ‘आमा’, ‘सेन्टिभाइरस’ र ‘छक्का पन्जा ३’ पहिलो चरणमा लगाउने सोच संघले बनाएको भएपनि ‘छक्का पान्जा ३’ हिजोबाट युट्युवमा आएकोले दुई नेपाली फिल्म मात्र रिलिज गर्न लागिएको शर्माको भनाइ रहेको छ । दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्म ‘आमा’मा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरीलगायतका कलाकारको अभियन छ । ‘सेन्टिभाइरस’ रामबाबु गुरुङको निर्देशन रहेको फिल्म हो । फिल्ममा सिताराम कट्टेल ‘धुर्मुस’, कुन्जना घिमिरे ‘सुन्तली’, दयाहाङ राई, विल्सनविक्रम राई, बुद्धि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, सूर्यमाला खनाल, वसन्त भट्ट, दीपक आचार्यलगायतको अभिनय रहेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु