चौथो टी-२० क्रिकेटमा अस्ट्रेलियाले ५० रनको जित हात पार्यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । अस्ट्रेलियाले न्युजिल्याण्डविरुद्धको चौथो टी-२० क्रिकेटमा अस्ट्रेलियाले ५० रनको जित हात पारेको छ । यस जितपछि अस्ट्रेलियाले पाँच खेलको सिरिजमा २-२ को बराबरी गरेको छ । अब सिरिजको पाँचौ खेल निर्णायक हुने भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

विलिङटनमा शुक्रबार भएको खेलमा अस्ट्रेलियाले दिएको १५७ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले १८.५ ओभरमा अलआउट हुँदै १०६ रन मात्र बनाउन सक्यो । न्युजिल्याण्डका लागि केली जेमिसनले सर्वाधिक ३० रन बनाए भने टिम सेइफार्टले १९ र डेभोन कोनवेले १७ रन बनाए । न्युजिल्याण्डलाई अलआउट गर्न अस्ट्रेलियाका केन रिचार्डसनले ३ विकेट लिए । यस्तै अस्टन अगर, एडम जाम्पा र ग्लेन म्याक्सवेलले २र२ विकेट लिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

त्यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो । अस्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले अविजित रहदै ७९ रन बनाए । यस्तै मार्कुस स्टोनिसले १९, ग्लेन म्याक्स्वेलले १७,म्याथ्यु वेडले १४ र जोस फिलिपले १३ रन जोडे । न्युजिल्याण्डका इश सोधीले ३ तथा ट्रेण्ड बोल्टले २ विकेट लिए ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु